महिला खबर
महोत्तरी । पूर्वसभासद् बुधनीदेवी महतोलाई मरणासन्न हुने गरी कुटपीट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाले घटनामा संलग्न भएको भन्दै लक्ष्मिनियाँका ३४ वर्षीय नथुनी यादव, २९ वर्षीय नरेश यादव र ४६ वर्षीय रामईश्वर यादवलाई घरबाट पक्राउ गरेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो । पक्राउ परेका तीनैजनालाई जलेश्वर पठाइएको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।
उनीहरूले सोमबार राति घरेलु हतियार प्रयोग गरी महताेलाई मरणासन्न हुने गरी कुटपीट गरेका थिए । गम्भीर घाइते पूर्वसभासद् महतोको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । पहिलो संविधानसभाको निर्वाचनमा महतो एमाओवादी महोत्तरी क्षेत्र नं ६ बाट समानुपातिक सभासद्मा चुनिनुभएको थियो ।
पूर्व सभासद बुधनीदेवी महतो कुटपीटबाट गम्भीर घाईते
Comment Here!