प्रेस चौतारीको आठौँ राष्ट्रिय अधिवेसनः धमाधम उम्मेदवारी घोषणा


प्रकाशित मिति :2016-05-18 16:07:35

महिलाखबर

देविका घर्ति

देविका घर्ति

प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेसन ६ देखि ८ गतेसम्म काठमाडौमा हुने भएको छ । नयाँ नेतृत्व चयन गर्ने यस अधिवेशनमा महिलाले पनि पदाधिकारीदेखि सदस्यसम्म उम्मेद्वारी  घोषणा गरिरहेका छन् । पदाधिकारीमा महिला उपाध्यक्षमा टिका विष्ट र समावेशी उपाध्यक्ष तर्फबाट  निमा काफ्लेले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरि बरिष्ठ उपाध्यक्षमा शान्ति गुरुङ, उपमहासचिवमा देवीका घर्ती मगरले र सचिवमा गगनशीला खड्काले  उम्मेदवारी घोषणा गरी प्रचार प्रसारलाई तिव्र बनाएका छन् ।

सदस्यहरूमा जमुनावर्षा शर्मा, चमिना भट्टराइ, रुपा गहतराज, भवानी कार्की, पार्वती पाण्डे, लोकसरी कुँवर, चिना थापा, रुपनी जीएम भगवती पाण्डे, कृपा भण्डारी र संचिता घिमिरेले अहिलेसम्म उम्मेदवारी  घोषणा गरेका छन् ।

निमा काफ्ले

निमा काफ्ले

उनीहरूले आफ्नो उम्मेदवारी के का लागि भन्दै आफूलाई जिताउन सामाजिक सञ्जाल, टेलीफोन र भेटघाट गरि प्रचार प्रसार गरिरहेका छन् ।  प्रेस चौतारीको यो आठौ मशाधिवेशनले विधान संशोधन गरी संगठनलाई संघीय संरचना लैजादै छ । महाधिवेशनमा विधान संशोधन गरी यसै महाधिवेशन मै त्यस अनुसारको जिम्मेवारी अनुसार

टिका विष्ट

टिका विष्ट

निर्वाचन गरिने चौतारीले जनाएको छ । यस अनुसार अध्यक्षसहित १० जना उपाध्यक्ष, एकजना महासचिव, २ जना उपमहासचिव, ७ जना सचिव र कोषाध्यक्ष गरी २२ जना पदाधिकारी चयन गरिने छ । यसैगरी ५७ जना केन्द्रीय सदस्य गरी जम्मा ६९ सदस्यीय केन्द्रीय समिति यो अधिवेशनले चुन्ने छ ।

 नयाँ संरचना अनुसार प्रत्येक प्रदेशबाट ३ जना केन्द्रीय सदस्य हुनेछन् । यी मध्ये एक जना महिला हुनपर्ने माग महिलाको छ । संगठनलाई समावेशी बनाउन मधेशी, जनजाती र दलित गरी ७ जना सचिव हुने व्यवस्था गरिने छ । यसमा महिलाको व्यवस्था हुनुपर्ने माग उठिरहेको बताइएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: