स्वदेशमै शीप


प्रकाशित मिति :2016-05-19 10:19:54

सर्मिला बुढाथोकी
दाेलखा । १६ वर्षको उमेरमा बैदेशिक रोजगारमा गएर नेपाल फर्कनु भएकी जिरी नगरपालिका वडा नम्बर ८ कि सिता रसाईली अव स्वदेशमै बसेर काम गर्ने निष्कर्षमा पुग्नु भएको छ  । घरेलु कामदारको रुपमा २ वर्षसम्म विदेशमा रहँदा घर सम्झिएर धेरै पटक रोएको अनुभव सुनाउँदै रसाईलीले भन्नुभयो –विदेशमा जस्तै मेहनत गर्ने हो भने नेपालमा पनि पैसा कमाउन सकिन्छ ।

सुनखानीकी भक्तमाया खड्का पनि नेपालमा थुप्रै रोजगारका अवसर हुँदाहुदै मानिसको आकर्षण विदेश हुने गरेकोमा चिन्तित हुनुहुन्छ । खड्का भन्नुहुन्छ–विदेशमा शौचालय सफा गर्नु भन्दा स्वदेशमा भैंसी पाल्दा, तरकारी खेती गर्दा राम्रो आम्दानी गर्न सकिन्छ । अर्काको सिको गरेर विदेश जानु भन्दा स्वदेशमै मेहनत गर्ने हो भने थुपै्र अवसर मिल्ने खड्काको भनाई छ ।

नाम्दु गाविसकी सीता नेपाली ब्रोइलर कुखुरा पालेर व्यवसायी बन्ने तरखरमा हुनुहुन्छ । आय श्रोत कम भएपनि विदेश जानु भन्दा घरमै बसेर जिविका चलाउने सोँचमा रहेको उहाँ बताउनुहुन्छ ।  कुखुरापालन व्यवसायमा महिलालाई प्रोत्साहन गर्न  पौरखी नेपालको आयोजना र आइओएमको सहयोगमा दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित तालिममा सीता र भक्तमाया जस्ता धेरै महिला  सहभागी थिए  ।

बैदेशिक रोजगारबाट फर्किएका तथा जान चाहने महिलालाई लक्षित गरी आईतबारदेखि  सुरु भएको ५ दिने बेमौसमी तरकारी खेती तथा व्यासायिक कुखरापालन तालिममा दोलखाको सुनखानी, सुष्पा क्षमावती,काब्रे ,नाम्दु ,भेड्पु ,बोच ,जिरी नगरपालिका, भिमेश्वर नगरपालिकाका गरी २० जना महिलाको सहभागिता रहेको थियो ।

वैदेशिक रोजगारबाट फर्किएका र जान चाहनेलाई नेपालमै जिविकोपार्जन गर्नको लागि सिप प्रदान गर्ने उदेश्यले तालिमको आयोजना गरिएको पौरखी नेपालका संयोजनक जगदिश शिवाकोटीले जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: