ऐतिहासिक क्षेत्र सीतावनको महत्व उजागर हुन नसकेकोमा चिन्ता


प्रकाशित मिति :2016-05-19 10:56:37

सृजना अर्याल
चितवन । चितवनको ,ऐतिहासिक , धार्मिक पर्यटनको अथाह सम्भावना को  क्षेत्र बाल्मिकी आश्रम (सीतावनमा) सञ्चारिका समूह चितवनले सञ्चारकर्मी सहितको अवलोकन भ्रमण गरेको छ । यस वर्षको  सीता नवमी –जयन्तीको  सन्र्दभ पारेर सो अवलोकन भ्रमण गरिएको हो ।

चितवनको माडी नगरपालिका ३ मा रहेको बाल्मीकी आश्रम (सीतावन )त्रेतायुगकालीन पुरातात्विक महत्वका संरचना भइकन पनि ओझेलमा परेको छ । त्रीवेणी धामबाट २ किलोमिटरको  दुरीमा रहेको यस क्षेत्रमा पुल र बाटोको अभावका कारण भारतिय भूमि हुँदै जानु गर्नुपर्ने बाध्यता रहेको छ ।

IMG_6268

नवलपरासीको त्रीवेणी पुलबाट ८ किलोमिटर  भारतीय भुमि पार गरेपछि बाल्मीकी आश्रम पुग्न सकिन्छ । छिमेकी भारतको  विहार प्रदेश अन्तरगत  पश्चिम चम्पारण जिल्ला सीमानामा बाल्मिकी आश्रम रहेको  छ । आश्रमकै नजिकबाट बगेको  स्वर्णभद्धा नदीले नेपाल भारतको सीमाना छुटाएको छ ।

त्रेतायुगमा सीताको वनवास यहीँ भएको विश्वास छ । किंवदन्ती अनुसार गर्भिणी भएर बाल्मीकी आश्रममा पुगेकी सीताले लवकुशलाई सो क्षेत्रमा जन्म दिएको र शिक्षादिक्षा समेत दिएको भन्ने भनाई छ । सोही ठाउँबाट सीता पातल भासिएको भन्ने भनाई समेत छ ।

सीताको वास भएको वन भनेर “सीतावन” भनिने गरेको हुनाले कालान्तरमा  सीतावनवाट चितवन हुन गएको भनिन्छ । सीतावनमा सीताले प्रयोग गर्ने गरेको  लोहरो सिलौटो , घैँटो राख्ने ठाउँ , लवकुशले खेल्ने प्राकृृतिक झुला पिङ्ग , उनीहरूले  अश्वमेघ यज्ञमा बाँधेको घोडाको किला, त्यतिखेर प्रयोग गरिने ईंटालगायतका धेरै पुरातात्विक वस्तु रहेपनि संरक्षणको अभावमा जिर्ण  अवस्थामा छन् ।

आश्रमका पुजारी शेखर सुवेदीले सीताको ईतिहास जोडिएको यति ठुलो ऐतिहासिक क्षेत्रको महत्व उजागर हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

IMG_6770

रामजानकी बालिका आश्रम चितवन देवघाटका महासचिव रामेश्वर खनालले रामनवमी धुमधाम मनाउनेले सीतानवमी नमनाउनु दुःखको कुरा भएको बताउनुभयो । ‘रामले छाडेपछि गर्भिणी रहेकी सीताले बच्चा जन्माई शिक्षा दिएकी हाम्रो प्रेरणाको श्रोत जननीलाई नसम्झिनु दुःखको कुरा हो’, उहाँले भन्नुभयो ।  ।

सो अबरमा भएको औपचारिक कार्यक्रममा जिल्ला विकास समिति चितवनका शाखा अधिकृत टिकाराम कँडेल, नेपाल पत्रकार महासंघ नपवलपरासीका सचिव पुरुषोतम सुवेदी , पर्यटन पत्रकार मञ्च चितवनका अध्यक्ष सूर्य प्रकाश कंडेल , सशस्त्र प्रहरीका सई दिनेश शाह, आश्रम निर्माण समितिका सचिव मदन ज्ञवाली  डब्लु डब्लु जे चितवनकी महासचिव सरीता पौडेल , माडी पत्रकार मञ्चका अध्यक्ष विप्लव काफ्ले , गुराँस कृषक महिला समूह चित्रवनका सल्लाकार रामविक्रम ठकुरीलगायतले सीतावनको संरक्षण र सम्बद्र्धनमा लाग्नुपर्ने बताउनु भयो  । सो क्रममा देवघाटमाको राम जानकी आश्रममा रहेका अनाथ बालिकाहरूले प्रवचन तथा भजन गाएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: