महिला खबर
कञ्चनपुर । पाकिस्तान जाँदै गरेकी एक किशोरीलाई कञ्चनपुरको सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको छ ।
भारतको बाटो भएर पाकिस्तान जाँदै गरेकी पोखरा भदौरेकी किशोरीलाई माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो । नेपालबाट पाकिस्तानका लागि भन्दै अवैध बाटो प्रयोग गरेकाले बेचबिखनमा पर्न सक्ने भन्दै माइती नेपालले ती किशोरीको उद्धार गरेको माइती नेपालका कञ्चनपुर संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो ।
उद्धार गरिएकी किशोरीसँगै रहेका धादिङका भरत सुनारलाई प्रहरीको जिम्मा लगाइएको छ । ती किशोरी यसअघि पनि एजेन्टमार्फत काठमाडौँ–दुबई हुँदै पाकिस्तान पुगेको समेत माइती नेपालले जनाएको छ । किशोरीलाई परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।
Comment Here!