प्रेस चौतारीको पदाधिकारीमा दुई महिला


प्रकाशित मिति :2016-05-20 10:04:44

महिला खबर

नवनिर्वाचित उपाध्यक्ष टिका विष्ट

नवनिर्वाचित उपाध्यक्ष टिका विष्ट

काठमाडौँ । प्रेस चौतारी नेपालको आठौँ महाधिवेशनले सर्वसम्मतिले चयन गरेको नयाँ कार्यसमिति पदाधिकारीमा दुई महिला परेका छन् । अध्यक्षमा गणेश बस्नेतसहित चयन गरिएको पदाधिकारीमा महिला उपाध्यक्षमा टीका विष्ट र जनजाति सचिवमा देविका घर्ती मगर हुनुहुन्छ ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद रहनुभएको छ ।

चौतारीका महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित हुनुभयो

नवनिर्वाचित सचिव देविका घर्तीमगर

नवनिर्वाचित सचिव देविका घर्तीमगर

यसैगरी खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, र दलित सचिवमा हेमकर्ण विक चुनिनुभएको छ ।

 कोषाध्यक्षमा इन्द्र आचार्य तथा लेखा र अनुशासन आयोगका संयोजकमा क्रमशः विक्रम लुइँटेल र जे पाण्डे घोषित हुनुभयो । सदस्यको निर्वाचन प्रक्रिया सुरु भएको छ ।

महिला सदस्यहरूमा जमुनावर्षा शर्मा, रुपा गहतराज, चमनिा भट्टराई भवानी कार्की, पार्वती पाण्डे, लोकसरी कुँवर, चिना थापा, रुपनी जीएम, भगवती पाण्डे, कृपा भण्डारी, संचिता घिमिरेले उम्मेदवारी घोषणा गरेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: