शान्ता श्रेष्ठ
रामेछाप । जिल्ला अदालत रामेछापले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको दिनदेखि मासिक २ हजार रुपैयाँका दरले पीडित महिलालाई खाना खर्च भराउन विपक्षीलाई आदेश दिएको छ । श्रीामानसँग सम्बन्धविच्छेदका लागि मुद्दा दिएकाकी रामेछाप हिमगंगाकी २० वर्षीया सुनिता सुनुवारले श्रीमानसँग सम्बन्धविच्छेदको फैसलासँगै खाना खर्च भराउन आदेश दिएको हो । सम्बन्धविच्छेदको मुद्दामा खानाखर्च समेत भराउने गरी भएको जिल्ला कै यो पहिलो आदेश भएको सुनिताको तर्फबाट मुद्दा हेरेका अधिवक्ता पाण्डव प्रसाईँले बताए । धर्म परिवर्तन गर्न नमान्दा आफूमाथि हिँसा भएको भन्दै सुनिताले २०७२ साल साउन २६ गते रामेछाप जिल्ला अदालतमा श्रीमानसँग सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेकी थिइन् ।
एक छोरीकी आमा सुनिताले २०६७ सालको चैतमा नरबहादुरसँग भागी विवाह गरेकी हुन् । २०६८ सालमा उनका परिवारका सदस्यले हिन्दुधर्म त्यागि क्रिश्चियन धर्म अपनाएका थिए । त्यसपछि आफ्नो इच्छाविपरीत परिवारले धर्मपरिवर्तनको लागि दवाव दिएको उनले बताइन् । उनी भन्छिन् ‘परिवारले कि धर्मपरिवर्तन गर्न वा सम्बन्धविच्छेद गर्न दवाव दिए, मैले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेें ।’
सुनिताले श्रीमानसँग सम्बन्धविच्छेद गरेर राहत महशुस भएको बताइन् । सम्बन्धविच्छेद पछि आपूmले न्याय पाएको अनुभूति उनलाई भएको छ ।
Comment Here!