सार्वजनिकस्थलमा बढ्यो हिंसाः प्रत्येक ४ जनामा ३ जना महिलामाथि यौन दुर्व्यहार
महिला खबर
एजेन्सी । एक्सन एड बेलायतले गरेको एक नयाँ अध्ययनले विश्वका विभिन्न शहरी क्षेत्रमा ४ जनामा ३ जना महिलामाथि यौन दुर्व्यहार हुने गरेको तथ्य सार्वजनिक गरेको छ। एक्सन एड बेलायतले यसलाई ‘महामारी’ अवस्थाको संज्ञा दिएको बेलायतबाट प्रकाशित टेलिग्राफले जनाएको छ।
ब्राजिल, भारत, थाइल्याण्ड र बेलायतमा गरिएको यस सर्वेक्षणमा भाग लिएका महिलामध्ये ४० प्रतिशत महिलाले सार्वजनिकस्थलमा आफूहरूका संवेदनशील अङ्गमा छुने जनाएका थिए।
एक्सन एडले अबको ३ वर्षसम्ममा महिलामाथि हुने यस्ता दुर्व्यहार रोक्न बेलायत सरकारसँग सात अर्ब अमेरिकी डलरको माग गरेको छ।
सर्वेक्षणमा भाग लिएका बेलायतका ४३ प्रतिशत महिलाले शहरका गल्लीमा र ३६ प्रतिशत महिलाले सार्वजनिक यातायातमा असुरक्षा महशुस गर्ने बताएका थिए। बेलायतको उत्तर पुर्वमा ७० प्रतिशत र लन्डनका ७२ प्रतिशत महिलाले दुर्व्यहारको अनुभव गरेको जनाएका छन्।
ब्राजिलमा १८ देखि २४ वर्ष उमेर समूहका ५५ प्रतिशत महिलाले सार्वजनिक स्थान र सामुदायिक कार्यक्रमहरूमा दुर्व्यहार खेपेको बताए।
सर्वेक्षेणले सबै उमेर समूहका महिलामाथि यौन दुर्व्यवहार हुने गरेको देखाएको छ। थाइल्यान्डका विभिन्न शहरमा बृद्धाहरू पनि यस्तो दुर्व्यवहारबाट पीडित रहेको पाइयो। सर्वेक्षेणले देखाए अनुसार थाइल्याण्डमा बलात्कृत हुनेका २० प्रतिशत महिला ५५ वर्ष माथिका रहेका छन् भने १८ देखि २४ वर्ष उमेर समूहका ११ प्रतिशत महिला बलात्कृत हुन्छन् ।
भारतमा भने ८९ प्रतिशत महिलामा दुर्व्यवहार हुने गरेको पाइयो । यहाँ ५० प्रतिशत महिलाले सम्वेदनशील अङ्गमा छुने गरेको भनेका छन्।
Comment Here!