आमा छोराको रहस्यमय हत्या


प्रकाशित मिति :2016-05-22 14:49:58

सुमित्रा के सी
रुकुम– रुकुमको खारा गाविस वडा न.८ मा बस्ने ३५ वर्षिय गीता वली र उनका १५ महिने छोराको रहस्यमय तरीकाले हत्या भएको छ ।
घरको ढोका भित्र ताल्चा लगाएको अवस्थामा उनीहरुको शव फेला परेको हो । घरभित्रबाट गन्ध आएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
मृतक आमा छोरा दुबैको शरीरमा धारीलो हतियार प्रयोग गरीएको प्रहरीले जनाएको छ । आमा छोराको हत्या गरी ढोकामा ताल्चा लगाईएको हुन सक्ने रुकुमका प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठले बताउनुभयो । प्रहरीले करीब एक हप्ता अघि हत्या भएको हुन सक्ने अनुमान गरेको छ । मृतकको शव पोष्टमार्टम गरी मृतकका श्रीमान जोगी वलीलाई जिम्मा लगाईएको प्रहरीले जानकारी दिएको छ । घटनाको छानबिन भईरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: