सरु शर्मा
नवलपरासी। बन तथा कृषि सहज कार्यक्रम अन्तर्गत गरिब तथा विपन्न परिवारका ४० जना महिलालाई दुईदिने क्षमता विकास तालिम आज आइतबारदेखि सुरु भएको छ । घरेलु तथा उद्योग महासंघ नवलपरासीको आयोजनामा गरिब तथा विपन्न महिलाहरुको जीवन स्तरमा सुधार ल्याउने उद्देश्यले यो क्षमता विकास तलिम आयोजना गरिएको हो । बन जंगलमा खेर गएको जडिबुटि, बेल, फलफुल बाबियो लगायतका कच्चा पदार्थहरुलाई प्रशोधन गरि बनाइएको तयारी सामानलाई विक्री वितरण गरि विपन्न महिलाले आयआर्जन गर्ने गरेका ट्रिपल एफका सम्पर्क व्यक्ति उमानाथ पोख्रेलले बताए ।
महिलाहरुको क्षमता विकासले बाँस उत्पादन, तरकारी खेती, बाबियो, डोरी, कुखुरा र बाख्रा पालन, बेलजुस लगायतका उत्पादन तथा रोजगारीमा आवद्ध हुने तालिमबाट अपेक्षा लिइएको बन तथा कृषि सहज कार्यक्रम अधिकृत रमेश भुषालले बताए । तालिममा दुईवटा समुह गरि सहभागि भएका ४० जना महिलाहरुलाई जिल्ला सहायक बन अधिकृत भिम पौडेल र प्रमोद भट्टराईले दुई दिनसम्म प्रशिक्षण दिनेछन् । नवलपरासी जिल्लाको सुनवल नगरपालिका र रुपौलिया गाविसका विपन्न परिवारका महिलालाई आयआर्जनका लागि तालिमको आयोजना गरिएको ट्रिपल एफका सम्पर्क व्यक्ति उमानाथ पोख्रेलले जानकारी दिए ।
Comment Here!