संसदमा महिलाका लागि आरक्षणको कानुनमा सहमति जुटेनः भारतिय विद्युतमन्त्रि


प्रकाशित मिति :2016-05-22 23:01:59

दुर्गा कार्की

भारतिय बिद्युतमन्त्रि गाेयल नेपाली पत्रकारसँग कुरा गर्दै

भारतिय बिद्युतमन्त्रि गाेयल नेपाली पत्रकारसँग कुरा गर्दै

नयाँ दिल्ली । भारतिय विद्युतमन्त्रि पीयूष गाेयल भारतको संसदमा ३१ प्रतिशत महिला सहभागिताका लागि बन्न लागेको कानुनमा सवै दलको सहमति नहुँदा यो कानुनलाई ल्याउन नसकिएको बताउनुभएको छ । भारत भ्रमणमा रहेकाे नेपाली पत्रकारहरूको टोलीसँग नयाँ दिल्लीस्थित उर्जा, कोइला तथा नवीकरणीय उर्जा मन्त्रालयमा कुरा गर्दै भारतीय जनता पार्टीका नेता तथा मन्त्री गोयलले भन्नुभयाे ‘भारतीय संसदमा महिलाका लागि कुनैपनि आरक्षण छैन, उनीहरूको ३१ प्रतिशत सहभागिताका लागि बन्न लागेको कानुनमा सबै दलको सहमति भएन र त्यो कानुन बन्न सकेन ।’ तर यसमा सहमति जुटाउने प्रयास भने जारी राखेको उहाँले बताउनुभयो

भारतिय स्थानीय निकायमा भने ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको र भारतिय जनता पार्टीको नीति समेत यही रहेको उहाँको भनाइ थियो ।

वर्तमान समस्या ‘टेम्पोररी सेटव्याक’

उहाँले नेपाल भारत सम्बन्ध अत्यन्तै आत्मिय भएकाले यो कसैले चाहेर पनि विग्रन नसक्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘भारत र नेपाल दुई अंग एक शरीर हुन्, नेपालीको इज्जत र स्वाभिमानमा भारतका तर्फबाट कुनै सन्देह आवश्यक छैन । भारत  ‘बिग ब्रदर’ हुन खोज्यो भन्ने जुन आम सोचाइ छ, यो सरासर गलत हो र हामी सधैँ नेपाललाई एक बराबर र समान हैसियतमा हेर्छौ, भारतबाट नेपालको सार्वभौमसत्तामा कुनैपनि खतरा छैन ।’

नेपाल भारतवीच वर्तमान समस्या ‘टेम्पोररी सेटव्याक’ भएको भन्दै उहाँले दुवै देशका नेताको दिल सफा भएको र यो जनता जनतावीचको सम्बन्ध भएकाले यो सम्बन्ध विग्रन नदिने उहाँको भनाइ थियो । कहिलेकाही समसया हुन्छ यसलाई पछि छोडेर अघि बढ्नुपर्छ, अहिलेको समस्याको समाधान वार्ताबाटै हुन्छ, यसका लागि हामी कहिल्यै पछि हट्दैनौं, हामी सुधार गर्छौ’ उहाँले भन्नुभयो ।

उर्जा क्षेत्रमा सहकार्य जारी छ

नेपालको उर्जा क्षेत्रमा विगत दुई वर्षमा धेरै काम भएको उहाँले स्पष्ट पार्नुभयो । अरुण तेस्राे र माथिल्लाे कर्णालीलाई अघि बढाउने सहमति भएको उहाँको भनाइ थियाे । ‘नेपालका प्रधानमन्त्री केपी अाेलीकाे भारत भ्रमणका क्रममा ५ हजार मेगावाटको पञ्चेश्वर परियाेजना अघि बढाउने सहमति दुई देश बीच भएको छ’ उहाँले भन्नुभयाे ।

भारतको मजफ्फरपुरबाट अहिले दिइरहेको ८० मेगावाट विजुली आगामी वर्ष दुईसय मेगावाट बनाउने र अर्को वर्ष यसलाई बढाएर ६ सय पुर्याइने  जानकारी उहाँले दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: