महिलाखबर
कालिकोट । कालिकोट जिल्लामा पछिल्लो समयमा ग्रामिण क्षेत्रका महिलाहरु समुहमा आवद्ध भएर बचत गर्ने अभियानमा अग्रसर भएका छन् । पैसाको बचत हुने भएका कारणले समुह आवद्ध हुने क्रम बढेको हो ।
जिल्लाको कोटवाडा गाविसका महिलाहरु हिमचुली कृषि सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका छन् । कुमालगाँउ शाखाले आयोजना गरेको समुह प्रवेश पूर्व तालिमका क्रममा कोटावाडा गाविसको वडा न. ६ गणेशपुरमा १६ जना महिलाहरु समुहमा आवद्ध भएका हुन ।

तस्विर: समुहको बैठकमा बसेका कोटबाडा गाबिसका महिलाहरु ।
समुह प्रवेश तालिमको सहजिकरण गर्दै आएका हिमुचुली कृषि सहकारी संस्थाका फिल्ड सहायक पुष्पप्रसाद उपाध्यायले महिलाहरुको जिवनस्तर उकास्नका लागि बचतको महत्व थाहा पाएपछि समुह बचत गर्ने बानीको विकास भएको बताए । जिल्लाको कोटबाडा कुमालगाउँ गाबिसमा ३२ वटा लघुवित्त केन्द्रहरुमा सात सय महिलाहरु आवद्ध भएका छन भने तिन सय जनाले ऋण लिएर आयआर्जनका लागि व्यवसाय गर्दै आएको उपाध्यायले बताए ।
शाखामा लघुवित्त, बचत तथा ऋण,रेमिटयान्स आईएमई, सौर्य उर्जा लगाएतको कार्यक्रम गर्दै आएको हिमचुली कृषि सहकारीका शाखा प्रबन्धक गजेन्द्रबहादुर शाहीले बताएका छन्ज्ञ
।
Comment Here!