अप्सरा समाल
उदयपुर। भलायाडाँडा उदयपुरकी एकल महिलालाई ललाई फकाई गरि बिक्रि गर्न लैजाने क्रममा उदयपुर पञ्चावतीका हरीमान विक आईतवार पक्राउ परेका छन् । स्थानिय सगरमाथा महिला संस्थाको सहयोगमा विकलाई पक्राउ गरेको हो ।
महिला संस्थाले विक विरुद्ध महिला बेच बिखन गर्न खोजेको भन्दै प्रहरी चौकी उदयपृुरगढीमा उजुरी समेत दर्ता गराएको संस्थाकी अध्यक्ष मिना कुमारी अधिकारीले जानकारी दिनुभयो । गरिब तथा विपन्न परिवारकी ति महिलालाई केही रकम समेत दिएर फकाउने गरेको र सोमवार काठमाडौ जानका लागि तयारी अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । महिलालाई आईतवार नै ओरेक नेपालमा पठाइएको छ ।
Comment Here!