महिला खबर
उदयपुर। बालिका जबरजस्ती करणी गर्न खोजेको आरोपमा गए राती एक जना पक्राउ परेका छन् । उदयपुरको त्रियुगा नगरपालीका वडा नं.२ संगम टोल बस्ने १७ वर्षिय शौभाग्य आछामे पक्राउ परेका छन् ।
सोमबार बेलुका साढे ८ बजेको समयमा परियारले ४ वर्षिय बालिका माथी जवरजस्ती करणी गर्न खोजिरहेको बेला सुचना प्राप्त भएपछि तत्काल प्रहरीले परियारलाई नियन्त्रणमा लिइ बालिकालाई बलात्कृत हुनबाट जोगाएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी नायव उपरीक्षक ओमवहादुर राना मगरले बताएका छन् ।
अभियुक्त अछामेलाई म्याद थप गरी कानुनी व्यवस्था अनुसार कार्यवाही गर्ने तयारी गरिरहेको प्रहरी नायव उपरीक्षक रानामगरले जानकारी दिएका छन् ।
Comment Here!