बालक्लवले रोक्यो वालविवाह


प्रकाशित मिति :2016-05-24 16:23:00

महिला खबर
सुनसरी–बालक्लवको सकृयतामा सुनसरीको इटहरीमा हुन लागेको एउटा वाल विवाह रोकिएको छ । वालक्लवको उजुरी पछि प्रहरीले वालविवाह रोकेको हो । इटहरी २२ बिसनपुरका मङ्गल चौधरी सँग सोमबार विवाह हुन लागेकी स्थानीय १५ बर्षीया सञ्जुको विवाह रोकिएको हो । वैदेशिक रोजगारीबाट फर्केका मङ्गल घरैमा छोरी माग्न आएपछि सञ्जुका बुवा आसिलाल छोरीको विवाहको तयारीमा जुटेका थिए । स्थानीय बालक्लवले जानकारी पाएपछि इलाका प्रहरी कार्यलय इटहरीमा उजुरी दिएका थिए ।

उजुरी परेपछि  प्रहरीले आइतबार आसिलाललाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक ओमप्रसाद अधिकारीले विवाहका लागि उमेर नपुगेको पुष्टि भएपछि विवाह रोकिएको बताए । प्रहरीले सञ्जुका बुवालाई नियन्त्रणमा लिएर छोरीको विहे नगराउने शर्तमा छोडिएको जानकारी दिएको छ  ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: