महिला खबर
सुनसरी। अन्तरजातीय विवाह गर्ने छ जोडी सम्मानित भएका छन् । अन्र्तजातीय विवाह गर्ने जोडिहरु जल्पापुर ९ का उमेश खत्वे र ममता चौधरी, इनरुवा २ का रविन झा र अंजिता परियार, हरिपुर ३ का श्यामसुन्दर सदा र मलारी मुखिया, चिमडी १ का शिवनारायण राम र सरस्वती चौधरी, धरान ४ का अनुप शंङ्कर र ज्योती श्रेष्ठ र इटहरी ७ का मानवहादुर रसाइली र गीता कार्की सम्मानित भएका हुन ।
समता दिवसको सन्दर्भ पारेर सदरमुकाम इनरुवामा अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान र दलित गैह्रदलित सहभोज कार्यक्रम गरिएको हो । नेपाली काङ्ग्रेस सुनसरीले आयोजना गरेको उक्त सम्मान तथा सहभोज कार्यक्रममा कांङ्ग्रेस केन्द्रिय सदस्य गोविन्द भट्टराईले समाजमा अझै पनि छुवाछुत र विभेद हटन नसकेको बेला यस किसिमको कार्यक्रमले सकारात्मक योगदान पुग्ने बताए । कार्यक्रममा काग्रेस सुनसरी सभापति राजिव कोईराला, सांसद सिताराम मेहता, नेपाल महिला सङ्ंघ सुनसरी सभापति विजया कटवाल, दलित संङ्घका केन्द्रिय सदस्य गोविन्द दर्नाल लगायतको उपस्थिति रहेको थियो ।
Comment Here!