महिला खबर
काठमाडौं। राष्ट्रिय महिला अधिकार मञ्चले बोक्सीको आरोपमा दाङ्गकी दिव्या चौधरीमाथि निर्घात कुटपिट भएको घटना निन्दनीय भएको भन्दै प्रेस विज्ञप्ती निकालेको छ । गत जेष्ठ ८ गते दाङ्ग धनौरी १ चिलहरिया निवासी ६५ वर्षिय दिव्या चौधरीलाई बोक्सिको आरोपमा निर्घात कुटपिट गरिएको थियो । मञ्चले विज्ञप्तीमा भनेको छ ‘६५ वर्षिय वृद्ध महिलामाथि घटाइएको यस निन्दनीय घटनाले समग्र नेपाली महिलाको सम्मान, मर्यादा, स्वतन्त्रता, समानता, न्याय र सुरक्षामा नै ठुलो प्रश्न चिन्ह् खडा गरेको छ ।’
राष्ट्रिय महिला अधिकार मञ्चले विज्ञप्ती मार्फत दाङ्गमा घटेको यस अपराधिक घटनाको पिडकलाई कडा सजाय गर्न र पीडितलाई तत्काल उद्धार, उपचार राहत तथा न्याय दिलाउन एवं क्षतिपुर्तिसहित समाजमा सम्मानपुर्वक पुर्नस्थापना गराउनका माग गरेको छ । बोक्सिको नाममा हुने आपराधिक घटनाको लागि सजायको व्यवस्था गर्न छुट्टै प्रभावकारी कानुनको व्यवस्था गर्न सर्वत्र दवाव आएपछि २०७२ श्रावण महिनामा व्यवस्थापिका संसदले ‘बोक्सि आरोप कसुर र सजाय ऐन, २०७१ पारित गरिसकेको थियो ।
Comment Here!