महिला खबर
कपिलवस्तु–घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको तेस्रो अधिवेशनबाट फूल कुमारी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएकी छन् । मंगलवार गजेहडामा भएको अधिवेशन बाट उनी अध्यक्षमा चयन भएकी हुन् । श्रेष्ठ यस अघि महासंघको उपाध्यक्ष थिइन ।
महासंघको वरिष्ठ उपाध्यक्षमा छविलाल रेश्मीमगर, उपाध्यक्षमा टोपलाल पोख्रेल, सचिव लक्ष्मण बेल्बासे, कोषाध्यक्ष बोमप्रसाद न्यौपाने चयन भएका छन् । सदस्यहरुमा रविन्द्र पौडेल, पुष्कर आचार्य, रामवली थारु, विष्णुप्रसाद पाण्डे, विजय सापकोटा चयन भएको निर्वाचन समितिका संयोजक गुणनिधी भुसालले जानकारी दिए ।
Comment Here!