महिला खबर
रामेछाप पकरवास गाविसमा १ दिने पाठेघरको परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा ५९ जना महिलाले पाठेघर सम्बन्धि परिक्षण गराएका छन् ।
परिक्षण गराएका ५९ जना महिलामध्ये ७ जनाको शल्यक्रिया गर्नपर्ने देखिएको र अन्य बाँकीलाई व्यायाम गराई रिङ्ग राखेर उपचार गरिएको थियो । शल्यक्रिया गर्नपर्ने महिलाहरुलाई जिल्ला स्वास्थ्य कार्यालयसँग सम्न्वय गरेर थप उपचारका लागि सम्बन्धित ठाउँमा पठाउने तयारी भएको पकरवास महिला शशक्तिकरण समाजकी सचिव मिना ढुंगेलले जानकारी दिईन ।
शिविर जिल्ला स्वास्थ्य कार्यालय, रामेछाप र पकरवास स्वास्थ्य चौकीको सहयोगमा गाविसको कार्यालय पकरवास तथा पकरवास महिला शसक्तिकरण समाजले संयुक्त रुपमा आयोजना गरेको थियो । कार्यक्रममा पकरवास गाविसमा रहेर काम गरिरहेका महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई पोसाक वितरण गरिएको थियो ।
Comment Here!