न्यायमा पहुँच परियोजनाको सार्वजनिक


प्रकाशित मिति :2016-05-25 14:16:13

महिला खबर
रामेछाप–सदरमुकाम मन्थलीमा एक समारोहबीच “न्यायमा पहुँच” परियोजना सार्वजनिकीकरण गरिएको छ । महिला हिंसा बिरुद्ध ३६५ दिने अभियानको रुपमा न्यायमा पहुँच परियोजना, मानव अधिकार सञ्चार प्रतिष्ठान (इह्रिकोन) र न्याय तथा अधिकार संस्था (जुरी) नेपालको संयुक्त परियोजनाको रुपमा जिल्लामा परियोजना सार्वजनिकीकरण गरिएको हो ।

कार्यक्रममा जिल्लाको नागदह र बिजुलीकोट गाविसलाई उक्त परियोजनाको लागि छनौट गरिएको जानकारी गराईएको थियो । सार्वजनिकिकरण कार्यक्रममा इह्रिकोनकी संयोजक रोस्ली पोखरेल र जुरी नेपालकी निर्देशक तनुजा बस्नेतले परियोजनाको कार्यक्षेत्र, उद्देश्य, बजेट तथा अपेक्षित उपलब्धिका बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम महिला तथा वालवालिका कार्यालयका महिला अधिकृत शुसिला वाग्लेको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी शेष नारायण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख एवंम् प्रतिनिधिहरु, गैसस महासंघका प्रतिनिधि, बार एसोसियसनका प्रमुख एवम् पदाधिकारीहरु, कानून व्यवसायी, सञ्चारकर्मी, महिला कानुन रक्षक, महिला अधिकारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: