‘रेफ्रीको भुमिका चुनौतिपूर्ण’


प्रकाशित मिति :2016-05-25 15:37:42

Karate 2

नुनुता राई
काठमाडौ।‘खेलाडी भन्दा रेफ्री चनाखो हुनुपर्छ किनकी एक जना रेफ्रीले २२ जना खेलाडीको गतिविधि नियाल्नुर्छ ।’ राष्ट्रिय फुटबल रेफ्री माया लामा फुटबल प्रतियोगितामा रेफ्रीको भूमिकाको बारेमा बोलिन । उनी राष्ट्रिय फुटबल रेफ्री भएको पाँच वर्ष भयो । माया ११ वर्ष कराँते खेलेर फुटवलमा आएकी हुन् । कराँतेमा उनले थुप्रै स्वर्ण, कास्य, रजत पदक जितेकी छिन् । उनले पाएको मेडलको गणना भने गरेकी छैनन् । भन्छिन ‘सबै गरी अन्दाजी ७० वटा जति छ होला ।’ कराँतेबाट फुटबल आउनुको फरक प्रसँग छ उनको । कडा मेहेनतको बाबजुद साफ गेममा सहभागी छनौट नभएको कारण कराँतेबाट निराश भएर बसिरहेको बेला एन्फाका फुटबल प्रशिक्षक मृगेन्द्र मिश्रले फुटबल खेल्न सुझाएपछि फुटबल खेल्न थालेको उनले बताईन । फुटबल खेल्न थालेको एक वर्षपछि उनी छनोटमा परेर रेफ्री बनिन ।

माया नेपालमा रेफ्री गरेर मात्र बाँच्न नसकिने बताउँछिन् । त्यसमाथि महिला रेफ्रीले महिलाको खेलमा मात्र रेफ्री गर्ने हो भने त सोँच्न पनि नसकिने उनको अनुभव छ । भन्छिन् ‘महिलाको टुर्नामेन्ट वर्षमा २ पटक पनि मुस्किलले हुन्छ ।’ रेफ्रीले पाउने पारिश्रामिक भनेको टुर्नामेन्ट हुँदा मात्र हो । महिला रेफ्रीले पुरुषको फुटबल प्रतियोगिताको पनि रेफ्री गर्ने गरेका छन् । एन्फाको रेफ्रीले मासीक तलब पाँउदैनन् । उनीहरुले एन्फाले सञ्चालन गरेको प्रतियोगिताको आधारमा तलव पाउने गरेका छन् । मासिक तलव पाउनको लागि फिफा रेफ्री हुनुपर्ने उनले बताइन् । नेपालमा अहिले दुई जना महिला (अस्मिता मानन्धर फिफा रेफ्री र विना श्रेष्ठ सहायक) फिफा रेफ्री छन् ।

Referee

उनी फुटबल खेलाडीलाई भन्दा रेफ्रीलाई धेरै चाप पर्ने बताउँछिन् । भनिन् ‘एउटा खेलाडीले अर्को खेलाडीलाई गोल पास गरेपछि त्यो खेलाडीलाई एकछिन् उभिनै भएपनि मिल्छ तर रेफ्री त त्यै गोलसँगै दौड्नुपर्छ ।’  रेफ्रीको भुमिका महत्वपूर्ण र चुनौतिपूर्ण छ । उनले थपिन ‘यस्तो चुनौतीपूर्ण खेलमा टिक्न तलव थोरै भए पनि खेलप्रतिको मोह हो । ’

पाँचवर्षको अवधिमा सामान्य गल्ती भएको उनी स्वीकार्छिन् । कहिलेकाँही खेलाडीको गल्ती नदेखेर अर्को टिमका खेलाडीले त्यो टिमको सपोर्ट गरेको आरोप पनि लगाउने  अनुभव छ उनीसँग । चुनौती र आरोपका बावजुत आजभोलि कतिपय क्लबहरुले महिला फुटबल रेफ्रीको माग गर्ने गरेकाले उनी उत्साहित छिन् । महिला रेफ्री भएको बेला खेलाडीहरु पनि सजग हुने कारण आयोजकले महिला रेफ्री खोज्न थालेका हुन् । कहिलेकाहि गल्ती हुन्छ त्यस्तो अवस्थामा पुरुष रेफ्री हुँदा खेलाडी अलि आक्रमक भएर हातपात सम्म गर्ने तर महिला रेफ्री छन भने खेलाडी रिसाए पनि आफुलाई संयमित राखेर प्रतियोगिता सभ्य हुन्छ ।

hh

उनलाई उपत्यकामा भन्दा बाहिर जिल्लामा जादा खुशी लाग्छ । भनिन ‘महिला रेफ्री भएकोले जिल्लातिर गेम खेलाउन जाँदा पाईने सम्मानले खुशी र उत्साह दिन्छ,  हामीले पाउने उपलब्धी नै यही त हो ।’ माया स्थानिय फुटवलमा समेत रेफ्रि बस्छिन् । घरको सहयोगले समेत उनलाई यस्मा टिक्न सजिलो छ । तर कतिपय खेलाडी र रेफ्री राम्रो सुविधा नहुँदा पलायन भएका छन् । उनी भर्खरै ताजिकिस्तानमा भएको एएफसी अन्डर नाइनटिनको दक्षिण क्षेत्रिय  प्रतियोगितामा रेफ्री गरेर फर्किएकी छन् । उनलाई लागेको छ रेफ्रिको लागि तालिम कम भएको छ । भनिन् ‘एन्फाले रेफ्री र खेलाडीको व्यवस्थापन गर्न सक्ने सामथ्र्य राख्छ तर खै किन नगरेको हो ?’ कतिपयलाई घरपरिवारको साथ भएपनि व्यवहारिक समस्याले गर्दा पलायन हुन बाध्य भएको अवस्थामा  खेलक्षेत्रमा रेफ्रीलाई मात्र नभएर खेलाडीलाई पनि टिकाइ राख्नको लागि एन्फाले पहल गर्नुपर्ने उनको सुझाव छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: