३३ प्रतिशत महिला सहभागिता नारामा सिमित


प्रकाशित मिति :2016-05-26 11:37:46

poltics

सवैधानिक रुपमै हरेक क्षेत्रमा ३३ प्रतिशत महिला  सहभागिताको ग्यारेण्टि गरिएको छ । तर त्यसको कार्यान्वयन भने फितलो छ । राजनीतिक दलकै जिल्ला समितिहरुमा महिलाको सहभागिता न्यून छ । सुनसरी जिल्लाका प्रमुख राजनीतिक दलहरुको जिल्ला समितिमा महिला सहभागिताको लेखाजोखा गरेर रोशनी कठैतले तयार पारेको यो रिर्पोट ..

महिला खबर

सुनसरीका प्रमुख राजनैतिक दलको जिल्ला कमिटिमा नै महिला सहभागिता न्यून हुँदा राजनीतिमा महिला सहभागिता ३३ प्रतिशत पुर्‍याउने नाराले सार्थकता पाउन सकेको छैन ।  कांग्रेस, एमाले, एमाओवादी लगायतका प्रमुख पार्टीको जिल्ला कमिटीमा नै ३३ प्रतिशत महिला सहभागिता छैन । निर्णायक तह मानिने पदाधिकारीमा त महिला सहभागिता अत्यन्तै न्यून छ ।

देशको सवैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको सुनसरी जिल्ला समिति ३९ सदस्यीय छ  । जसमा निर्वाचित भएर आएका ६ जना महिला छन ।  आमन्त्रित ६ जना गरि नेपाली काग्रेस सुनसरीको जिल्ला समितिमा १२ जना महिला सदस्य छन् । कांग्रेस जिल्ला समितिमा ३१  प्रतिशत मात्र महिला  सहभागिता छ । कांग्रेस सुनसरीमा एकजना पनि महिला पदाधिकारीमा नरहेको कांग्रेस सुनसरी सभापती राजिव कोइरालाले वताउनुभयो ।

त्यस्तै अर्को प्रमुख पार्टी सत्तारुढ दल एमाले सुनसरीमा ७५ सदस्यीय कार्यसमिती छ । त्यस मध्ये १८ जना अर्थात २४ प्रतिशत मात्र महिला सहभागिता छ । जवकी यो संख्या आवश्यकता भन्दा ९ प्रतिशतले कम हो । एमाले सुनसरीमा पनि पदाधिकारीमा महिला छैनन । ५१ सदस्यीय एमाओवादी सुनसरीमा १३ जना महिला छन । यो संख्या २५ प्रतिशत हो । ए–नेकपा माओबादी सुनसरीमा १ जना महिला पदाधिकारी रहेको एकिकृत नेकपा माओवादी जील्ला कमिटी सचिव सन्तोस थारुले बताए ।

यस्तै प्रत्यक्ष्ँ निर्वाचित ४३ सहित ६३ सदस्यीय राप्रपा नेपाल सुनसरीमा ९ जना महिला सदस्य छन् । यो संख्या २१ प्रतिशत हो । राप्रपा सुनसरीमा समेत पदाधिकारीमा महिला  सहभागिता छैन । यसरी महिला कम हुनुको कारण सोध्दा कांग्रेस सुनसरीका सभापति राजिव कोइराला प्रतिस्पर्धामा महिला आफै पछि हट्ने गरेको आरोप लगाउँछन् । उनका अनुसार सदस्यताका लागि रुची राख्ने महिलाको संख्या कम भएको हुनाले पनि महिला सहभागिता कम भएको हो । महिला सहभागिता बढाउन आफ्नो पार्टीले पहल गरिरहेको कोइरालाको भनाइ छ ।

नेकपा एमाले सुनसरीका अध्यक्ष द्धारिकलाल चौधरी आफ्नो पार्टीको २ बर्ष अगाडी भएको प्रतिनिधी छनोटले पर्याप्त महिला सहभागी गराउन नसकेको स्वीकार्छन । आगामी दिनमा राजनीतिमा महिलाको समान सहभागिताका लागि आफुले पहल गर्ने  प्रतिवद्धता जनाए ।

त्यस्तै एनेकपा माओबादी सुनसरीका सचिव सन्तोस थारु पार्टीले महिला नेतृत्वलाई संरक्ष्ँण दिन नसकेको बताए । पार्टीको योजनावद्ध कार्यक्रम नहु“दा पनि महिलालाई उचित स्थान दिन नसकिएको थारुको भनाइ छ । राप्रपा नेपाल सुनसरीका अध्यक्ष्ँ प्रेम प्रसाद भट्टराई राजनीतीमा महिलाको रुची कम भएका कारण पनि कार्यसमितीमा महिला सहभागिता पर्याप्त हुन नसकेको बताउँछन् ।

राजनैतिक दलका जिम्मेवार ब्यक्तीले राजनितीमा महिलाको चासो कम भएको दावी गरिरह“दा नेकपा एमाले जिल्ला कमिटी सदस्य लक्ष्मि गौतम भने महिलालाई अवसर बाट बञ्चित गरिएको गुनासो गर्छिन । कतिपय राजनैतिक दलका प्रमुखहरुले आफ्नो अधिकार खोसिने डरले महिलालाई अगाडी ल्याउन नचाहेको गौतमको आरोप छ । नेतृत्व तहमा पुरातनबादी सोच  हावी भएका कारण पनि महिलाले स्वतन्त्र रुपमा काम गर्न नसकेको गौतमको ठम्याई छ ।

यसरी सवै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्ने भनिए पनि ब्यवहारमा लागु नहुँदा नेतृत्व तहमा महिला पुग्न सकेका छैनन् । पछिल्लो समय राष्ट्रको जिम्मेवार पदमा महिला चुनिनुलाई उपलब्धिका रुपमा लिन सकिन्छ तर स्थानीय स्तरमा महिला सहभागिता कमजोर हुनाले समान सहभागिताको नारा नारामा मात्र सिमित भएको देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: