१७ को हत्या १५ बलात्कृत


प्रकाशित मिति :2016-05-26 12:31:40

type
महिला खबर
ललितपूर। बैशाख महिनामा १७ जना किशोरी तथा महिलाको हत्या हुनुका साथै १५ जना बालिका तथा किशोरी बलात्कृत भएका छन् । सञ्चारिका समूह नेपालले एक महिना (१–३१ वैशाख २०७३) मा १५ वटा राष्ट्रिय दैनिकमा गरेको सञ्चार अनुगमनले १७ जना किशोरी तथा महिलाको हत्या भएको देखाएको छ। जसमध्ये धेरैजसो पिडित ४० बर्ष भन्दा माथि उमेर समुहका रहेका छन्(६ जना) र हत्या गर्नेहरुमा ५ जना  श्रीमान रहेका छन र जसको कारण घरायसी विवाद रहेको अनुगमनले देखाएको छ । अनुगमन अवधिमा  हत्या सम्बन्धी ५३ वटा समाचार सामग्री प्रकाशित भएका छन् ।

अनुगमनमा खेलकुद र मनोरञ्जनसम्बन्धी समाचारबाहेक दैनिक पत्रिकाका समाचार, विचार तथा सम्पादकीय सामग्री समेटिएका थिए । यसमा राजधानीबाट प्रकाशित कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, सौर्य दैनिक, नेपाली दैनिक तथा द काठमाडौं पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाल अंगे्रजी दैनिकहरू समेटिएका छन् ।

महिलामाथि हुने विभिन्न प्रकारका हिंसालाई १३ वटा शीर्षकमा अनुगमन गरिएको थियो, जसमा बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचविखन, हत्या, बहुविवाह, बोक्सी, परम्परागत तथा धार्मिक हिंसा, आर्थिक, स्वास्थ्यसम्बन्धी, राजनीतिक र अन्य रहेको छ ।

पिडित र पिडकबिच सम्बन्ध

पिडित र पिडकबिच सम्बन्ध

वैशाख महिनामा बलात्कारका १५ वटा घटना र २८ वटा समाचार सामग्री प्रकाशित भएका थिए, जसमध्ये धेरैजसो पिडित ११–१५ बर्ष उमेर समुहका रहेका छन (६ जना) जसमा ४ जना आफ्नै बाबुबाट बलात्कृत भएका थिए । यौन दुव्र्यवहारको ५ वटा घटना भएका थिए र ३१ वटा समाचार सामग्री प्रकाशित भएका थिए । स्वास्थ्य अधिकार हनन्को ५ वटा घटना र ५६ वटा समाचार सामग्री प्रकाशित भएका थिए ।आर्थिक अधिकारसँग सम्बन्धित ७ वटा घटना र ९० वटा समाचार सामग्री छापिएका थिए । यस अवधिमा मानव बेचबिखनसम्बन्धी ३२ वटा र राजनितिक अधिकारका २ वटा घटना र ४४ वटा समाचार, विचार तथा सम्पादकीय छापिएको देखिन्छ । त्यस्तै परम्परागत र धार्मिक हिंसासम्बन्धीे  ५२ समाचार सामग्री, घरेलु हिंसासम्बन्धी ३ वटा घटना र ८ वटा समाचार सामग्री प्रकाशित भएका थिए । त्यस्तै बहुबिवाह सम्बन्धीे २ वटा र दाईजोसम्बन्धी ३ वटा समाचार प्रकाशित भएका थिए । यसै गरी अन्यमा एउटा र १०५ वटा समाचार सामग्री प्रकाशित थिए । यो अवधिमा बोक्सी आरोपका कुनै पनि समाचार प्रकाशित भएको छैन ।

महिला हिंसासम्बन्धी सबैभन्दा बढी समाचार भित्री पृष्ठमा छापिएका थिए । पहिलो पृष्ठमा जम्मा ४९ वटा  समाचार छापिएका थिए । पृष्ठ २ मा जम्मा ७४ समाचार छापिएका थिए । पाचौं पृष्ठमा ७० वटा  समाचार छापिएका थिए ।  महिला हिंसासम्बन्धी

समाचारको स्थान

समाचारको स्थान

सन्तोषजनक थियो । अनुगमनले महिलामाथि हिंसा गर्नेमा परिवारका सदस्य (२६), छिमेकी (२२), राज्य (१३), पीडक उल्लेख नभएका (१०) र  अन्य (३३) भएको देखाएको छ । सो अवधिमा महिला हिंसासम्बन्धी सम्पादकीय ४, फोटो समाचार १९, लेख ५२, सफ्ट न्यूज ४४ तथा हार्ड न्यूज ४३० प्रकाशित थिए । प्रकाशित समाचारमध्ये हार्ड न्यूज ११९, सफ्ट न्यूज ३७ र १९ वटा लेखमा मात्र फोटो/स्केच प्रयोग गरिएको थियो ।

सञ्चारमाध्यमले वैशाख महिनामा महिला हिंसासम्बन्धी समाचारलाई राम्रो स्थान दिएका देखिन्छ । यस पटक हत्याका ७ वटा , बलात्कारका एउटा र यौन दुव्र्यवहारका ८ वटा स्वास्थ्यसम्बन्धी २ वटा ‘फलोअप’ समाचार प्रकाशित भएको थिए । समाचार सामाग्रीमा पीडित वा पीडक कसको तस्बिर राख्ने भन्नेमा यस अघि झै सम्पादकीय दृष्टिकोणको अभाव नै देखिन्छ । यस महिना पीडितका ५४ वटा तस्बिर छापिएका थिए भने पीडकका ३ वटा तस्बिर छापिएको छ ।

सञ्चारिका समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार कति आएका छन् ? ती समाचारले कस्तो प्राथमिकता पाइरहेका छन् ? हिंसाका समाचारमा ‘फलोअप’ समाचार आएका छन् कि छैनन् ? समाजमा के कस्ता लैंगिक हिंसा भइरहेका छन् र ती सम्बन्धमा कस्ता समाचार सामग्री आइरहेका छन् भनेर सञ्चार अनुगमन गर्दैआएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: