ज्ञानु पंगेनी

विमलकी फुपु र आफन्त शोकाकुल अवस्थामा
नवलपरासी। नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगरकी बहिनी मनिषाको शवलाई काठमाडौं ल्याइदै छ ।हत्याअघि बलात्कार भए नभएको यकिन गर्न शिक्षण अस्पताल महाराजगञ्जमा परिक्षणकालागी शव काठमाडाैं पठाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरिक्षक टिकाराम पोख्रेलले जानकारी दिए ।
मनिषाको हत्या भएको आशंकामा अनुशन्धानका लागी प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएर अनुुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
दुई मध्ये एक जना उनकै प्रेमी आशिष चौधरीलाई नियन्त्रणमा लिएको हो । आशिष विमलका साथी रहेको प्रहरी नायव निरिक्षक पोख्रेलले बताए ।
प्रेमीले नै मनिषाको हत्या गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । मनिषाले बर्दघाट स्थित न्यु लाईफ उच्च माविमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिईन ।
विमल शुक्रवार बिहान साढे ९ बजे नेपाल आईपुग्ने अखिल नेपाल फुटवल संघ एन्फाका कार्यवहाक केन्द्रिय अध्यक्ष नरेन्द्र श्रेष्ठलाई उधृत गर्दै एन्फा जिल्ला अध्यक्ष प्रकाश पंगेनीले जानकारी दिए ।
थप समाचार…….
Comment Here!