महिला खबर
अस्ट्रेलिया। ‘सुगमको सहयोग दुर्गममा शिक्षा’ भन्ने उद्घोषका साथ तनहुँ सम्पर्क समाज अस्ट्रेलियाले ‘तनहुँ सांङगीतिक साझ’ नामक कार्यक्रम आयोजना गर्न लागेको छ । मे २८ मा वाइल्जी थिएटर सिड्नीमा हुन लागेको यस कार्यक्रमको उद्धेश्य नेपालको दुर्गम स्थानमा शिक्षामा सहयोग गर्नु हो । त्यसमा पनि बालिका शिक्षालाई प्राथमिकता दिने आयोजकले जानकारी दिए ।
यसका साथै नेपाली लोकसंस्कृतीको जर्गेना गरेर शिक्षामा लगानी गर्दा एकै पटक दुवै काम हुने संस्थाका कोषाध्यक्ष महेन्द्र घिमिरेले बताए । भने ‘हामीले शिक्षामा सहयोग गर्ने र लोक संस्कृतीको जर्गेना गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरेका हौ ।’ तनहु“ लोक संस्कृतीको उर्वर भुमी हो ।
कार्यक्रमबाट बचेको रकम विद्यालय बनाउन, छात्रबृत्ति र शिक्षासँग संबन्धित काममा खर्च हुने छ । ९ सयसम्म दर्शक आउने अनुमान गरिएको यस कार्यक्रममा लोकगायक प्रेमराजा महत, नायिक प्रियंका कार्की र गायिका शान्ति भण्डारीको प्रस्तुती रहने छ । कार्यक्रममा थालि र कौरा नाच समेत देखाइनेछ । सांगीतिक कार्यक्रममा दर्शकको मनोरञ्जनको लागि राजाराम पौडेलको हास्यव्यङग र विविध कार्यक्रम समेत राखिएका छन् । यस कार्यक्रमले परोपकारी कामका साथै नेपालीलाई मनोरञ्जन दिनेछ । कार्यक्रममा लोकदोहोरीको संरक्षण र नेपाली/नेपालीविच सहयोग र माया प्रगाढ हुने आशा संस्थाका सचिव सुर्य खनालले गरेका छन् । भने ‘हाम्रो उद्धेश्य नेपाली/नेपालीविच भेटघाट गराउने र मिलेर सहयोग गर्ने उद्धेश्य हो ।’ नेपालमा धेरै बालबालिका शिक्षाबाट बञ्चित भएको देखेका उनीहरुले शिक्षा महत्वपुर्ण भएको कारण यो अभियान थालेका हुन् । संस्था १ वर्ष अगाडि दर्ता भएको हो । कार्यक्रममा टिकटको २५ डलर छ ।
Comment Here!