महिला उद्यमीलाई आत्मनिर्भरका लागि उद्योग महासंघ


प्रकाशित मिति :2016-05-26 18:05:09

हालै सम्पन्न घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको तेस्रो अधिवेशन बाट अध्यक्षमा  निरविरोध निर्वाचित हुनु भएका  फुलकुमारी श्रेष्ठ सग महिला खवरका सहकर्मी  पार्वती पाण्डेले अवका दिनमा उद्देमी महिलाहरुलाई  कसरी अगाडि वढाउनु हुन्छ त रु भनी कुराकानी गर्नु भएको छ । सोहि कुराकानीको संक्षिप्त अंश ।

महिला खवर

fu 2सर्वप्रथम घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको तेस्रो अधिवेशन बाट गरिमामय अध्यक्ष पदमा  निरविरोध निर्वाचित हुनु भएकोमा वधाई एवं सफल कार्यकालको शुभकामना । अव घरेलु तथा साना उद्योग महासंघलाई कसरी अगाडि वढाउनु हुन्छ ?

 जिल्लामा सवै उद्येमीहरु सग समन्वय सहकार्य गर्दै घरेलु उद्येमीहरुको हक अधिकारलाई सुनिश्चित गराउदै लैजाने प्रयत्न गर्ने छु ।

नेतृत्वमा आउदा कस्तो महशुस गर्नु भएको छ ? 

घरेलु तथा साना उद्योग महासंघ जिल्लाको अध्यक्ष हुन पाउदा निकै खुशी छु । नेतृत्व पाउदा थप जिम्मेवारी पाएको महशुस भएको छ ।   मलाई सर्वसम्मत रुपले निरविरोध निर्वाचित गर्नु हुने सवै प्रति आभार व्यक्त गर्न चाहान्छु ।

 उद्येमीको क्षेत्रमा यहाको अहिले सम्मको अनुभव के छ , वताईदिनुहोस न ?
२०४७ साल देखि मैले यस क्षेत्रमा काम गर्दै आएकी छु। वाणगंगा सिमेन्ट टायल उद्योग वैरिया स्थापना गरेर यस क्षेत्रमा  निरन्तरता दिएकी छु । मेरो अनुभव यहि नै हो ।

आगामी कार्य योजना के छ?
संघको नियमित वैठक वस्ने , योजना वनाउने , सम्पर्क समन्वयलाई अगाडि बढाउने , छरिएर रहेका उद्येमीहरुलाई संगठित गर्ने , विभिन्न तालिमहरु चलाउने जस्ता योजना रहेका छन ।

 नेतृत्वमा महिला नै आउनु भएको छ , महिला उद्येमीहरुलाई कसरी अगाडि बढाउनु हुन्छ ?
छरिएर रहेका महिला उद्देमीहरुलाई संगठित गर्ने , उद्देमी बन्नका लागि अभिप्रेरित गर्ने र उनीहरुको हक अधिकारलाई ग्यारेन्टी गर्ने जस्ता कामहरुलाई अगाडि बढाउने छु । लघु , घरेलु तथा साना उद्योगहरुको स्थापनामा प्रोत्साहन दिई महिला उद्देमीहरुलाई आत्मनिर्भर बनाउन र रोजगारमुलक उद्देमीहरुको विकासमा योगदान पुर्याउनु नै मेरो मुख्य उद्देश्य रहने छ ।

अव अन्त्यमा केहि भन्नु छ की ?
मेरा भनाईलाई राज्यको चौथो अंग महिला खवर अनलाईन  मार्फत हजारौं जनमानसमा  पुर्याइदिने अवसर प्रदान गरेकोमा महिला खवरलाई  धैरै धैरै धन्यवाद दिन चाहान्छु । साथै आगामी दिनमा पनि अवसर प्रदान गर्नु हुने छ भन्ने अपेक्षा राख्दछु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: