महिला खबर
एजेन्सी। इन्डोनेसियामा बालिका बलात्कार गर्ने कुनै पनि आरोपिलाई मृत्युदण्ड को सजायदिने कानुन पारित भएको छ। उक्त कानुन राष्ट्रपति जोको विदोदोले गत वुधवार पारित गरेका थिए।
यस कानुनले सर्वसाधरणको निकै प्रशंसा पाइरहेको भए भने अधिकारकर्मीहरुले यस्तो कानुन बलात्कारको निवारण नभएको जनाइरहेका छन्।
बालिका बलात्कारिलाई मृत्युदण्ड दिने तथा नपुंअसक बनाइने कानुन पारित भएको छ। कानुनमा अपराधि जेलमुक्त भएपश्चात पनि उनीहरुमा अनुगमनका लागि यन्त्र जडान गरिने पनि भएको छ।
बालिकामाथि हुने यौन दुव्र्यहार रोक्नका लागि कडा कानुन बनाइृएको जनाइएको छ। यस अघि इन्डोनेसियामा बालिका बलात्कार गर्नेलाई १४ बर्षको जेल सजाय मात्र दिने गरिएको थियो।
पछिल्लो समयमा एक १४ बर्षिया बालिकाको सामुहिक बलात्कारपछि हत्या भएपछि यस्तो कानुन पारित भएको हो।
थप समाचार….
Comment Here!