पाठेघर समस्या बढ्यो मातृ मृत्युदर घट्यो


प्रकाशित मिति :2016-05-27 18:20:19

महिला खबर
ललितपुर–पाठेघर खस्ने समस्याबाट नेपालका महिला ग्रसित भएको तथ्यांङ्क सार्वजनिक भएको छ । बालिका, किशोरीहरु सानै उमेरमा आमा बन्ने र अनिच्छित गर्भ धारण र धेरै सन्तान जन्माउने कारण महिलामा पाठेघर र फिस्टुलाको (पिसाब चुहिने) समस्या भएको तथ्यांङ्कमा उल्लेख गरिएको छ ।
वार्षिक प्रतिवेदन २०७०÷७१ स्वास्थ्य सेवा विभागको तथ्यांङ्क अनुसार २०७०÷७१ मा मात्रै ३९ हजार ५३ जनामा पाठेघर खस्ने समस्याको परिक्षण गरिएकोमा १० हजार ३ सय ३७ जनामा विभिन्न चरणको पाठेघर खस्ने समस्या देखिएको थियो । युएनएफपिए र ओरेकको संयुक्त अध्ययनले नेपालमा प्रत्येक वर्ष २ सय देखि ४ सय महिला प्रसव फिस्टुलाको समस्या हुने गरेको बताएको छ ।

राष्ट्रिय क्यान्सर निवारण कार्यक्रमको अनुसार पाठेघरको मुखको क्यान्सर फोक्सोको क्यान्सरपछिकै दोश्रो ठुलो समस्याको रुपमा देखा परेको छ । तथ्यांक अनुसार मातृ मृत्युदरमा भने कमि आएको देखाएको छ । सन् १९९१ सालमा मातृ मृत्युदर प्रति लाख जीवित शिशुको जन्ममा ८ सय ५० भएकोमा हाल नेपाल सरकारको दिगो विकास लक्ष्य २०१४ को प्रतिवेदन अनुसार घटेर २ सय ५८ भएको छ । केन्द्रिय तथ्यांङ्क विभागका अनुसार सन् २०१४ अनुसार मातृ मृत्युदर ४ सय ८० छ । जसमध्ये तराईमा ६ सय ३२ , मध्ये पश्चिममा १ हजार ५ सय ७१ जना र काठमाडौंमा ४ सय ६२ जना छन् । नेपालमा सन् २००२ मा सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएपछि असुरक्षित गर्भपतनका कारण मृत्यु हुने महिलाको संख्यामा कमी आएको छ ।

प्रस्तुत तथ्यांकमा नेपाली महिलाको प्रजननदर ४ दशमलव ६ भएकोमा हाल घटेर २ दुई दशमलव ४ मा झरेको छ । ‘वुमन्स हेल्थ ईज मोर देन मेडिसिन’ विषयक कार्यक्रममा आङ खस्ने समस्या व्यवस्थापनको लागि राष्ट्रिय संजालले प्रस्तुत गरेको तथ्यांङ्कमा मातृमृत्युदरको संख्यामा कमि आएको र महिलाको प्रजननदरमा सुधार आएको देखाइएको हो ।

प्रजनन उमेरका १८ प्रतिशत महिलामा न्युन पोषण रहेको स्वास्थ्य मन्त्रालयको जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०११ ले देखाएको छ । नीतिगत तहमा महिला स्वास्थ्यका लागि सरकारले जिम्मेवारी बोध गरेपनि कार्यन्वयन सिमित गरेको सहभागीहरुले बताएका छन् । महिला स्वास्थ्य हुनको लागि उनलाई शारीरिक, मानसिक, आर्थिक, यौनिक र राजनैतिक रुपले स्वस्थ्य रही हिंसारहित जीवन यापन गर्न आवश्यक रहेको सहभागीहरुको भनाई थियो
औषधी भन्दा महिलाको समग्र स्वास्थ्यमा सुधारका लागि आवाज उठाउने र यसबारे प्रर्वद्घन गर्ने उद्वेश्यका साथ मे २८ मा अन्तराष्ट्रिय महिला स्वास्थ्य अधिकार दिवसको पूर्वसन्ध्यामा गरिएको कार्यक्रममा प्रस्तुत तथ्यांकको अनुसार मातृमृत्युदर अझ कम गर्न सरकार वा सरोकारवालाले योजना बनाउँदा स्थानीय परिवेश र समस्यालाई ध्यान दिएर नीति तथा कार्यक्रम बनाउनु पर्ने आवश्यकता रहेको सहभागीहरुले बताएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: