यस्तो बजेट चाहन्छन पूर्वेली महिला


प्रकाशित मिति :2016-05-27 18:45:24

लिलाराज भट्टराई
इटहरीराष्ट्रपति, प्रधानन्याधिश र सभामुख तीनै जना महिला भएपनि हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता गराउनुपर्ने बैधानिक ब्यवस्था कार्यावन्यन भने हुन सकेको छैन । हरेक क्षेत्रको नीति निर्माण गर्ने तहमा महिलाको सार्थक उपस्थिति हुन नसकिरहेको बेला भोली सरकारले बजेट प्रस्तुत गर्दैछ । बजेट कस्तो हुनुपर्छ भनेर हामीले पूर्वका केहि महिलासँग सोधीखोजी गरेका छौँ।

मोरङ्गकी उर्लाबारीकी गृहिणी रेनुका निरौला देशको प्रमुख समस्या लोडसेडिड भएकाले बजेट उर्जा संकट समाधान उन्मुख हुनुपर्छ भन्नुहुन्छ । देशको उर्जाशिल यूवा जनशक्ति बाहिरिदा देश विकासमा प्रभाव परेकाले बेरोजगारी समस्या समाधान गरि यूवालाई विदेश पलायन वाट रोक्ने खालको वजेटको निरौला अपेक्षा गर्नुहुन्छ । महिलालाई हरेक क्षेत्रमा पछि पारिएको भन्दै महिलालाई पुरुष समान अवस्थामा ल्याइपु¥याउन विशेष ब्यवस्था सहितको वजेट आवश्यक हुने उहाँको तर्क छ । सुनसरीकी नेता लक्ष्मी गौतम महिलालाई आर्थिक रुपमा स्वावलम्वन नबनाए सम्म महिला हिंसा न्यूनिकरणमा समस्या हुने तर्क राख्नुहुन्छ । महिलालाई आत्मनिर्भर र स्वावलम्वन वनाउन उनीहरुको जिविकोपार्जनलाई सहयोग पुग्ने गरि वजेट आउनुपर्ने गौतमको अपेक्षा छ । महिलालाई आत्मनिर्भर वनाउन आयआर्जनका कार्यक्रम सचालन गरिनुपर्ने, शीप विकास सम्वन्धि तालिमलाई गाउँ गाउँ सम्म पु¥याउनुपर्ने उहाँको भनाई छ ।

मोरङ्ग तेतरियाकी शान्ति शर्मा महिलाको समग्र विकासकालागि तोकेरै वजेट छुटयाइनुपर्ने वताउनुहुन्छ । महिलाकालागि छुटयाइने १० प्रतिशत वजेट महिलाकै क्षेत्रमा खर्च नभएर पुरुषहरुकै रजाइ चल्ने गरेको उहाँको अनुभव छ । यो वाटो महिला पनि हिँडछन, यो भवन महिलाले पनि प्रयोग गर्छन भनेर त्यस्ता निर्माणमा महिलाको विकासको लागि आउने वजेट खर्च हुन नहुने उहा“को भनाई छ । स्थानीय निकायमा कुल पूजिगत बजेटको १० प्रतिशत महिलाका नाममा छुटयाइन्छ । त्यो अप्रयाप्त रहेको इटहरी क्याम्पसमा प्राध्यापन गर्नुहुने विष्णु शर्माको धारणा छ । उहाँ भन्नुहुन्छ कम्तिमा १० प्रतिशत भनिएको छ तर १० प्रतिशत भन्दा बढि कहि पनि छुट्याइदैन, छुट्याएको त्यहि १० प्रतिशत पनि वास्तविक लक्षित वर्ग सम्म पुग्दैन । लक्षित वर्ग अन्तर्गत महिलाको लागि खर्च गरिनुपर्ने बजेटको सहि सदुपयोग हुनुपर्ने उहाँको माग छ । सुनसरीकी अधिकारकर्मी कमला खत्वेको पनि धारणा शर्माको जस्तै छ । स्थानीय निकायमा महिलाका लागि छुटयाइने १० प्रतिशत वजेटमा पुरुषको हस्तक्षेप हुने गरेकाले समस्या भएको खत्वेको गुनासो छ । भन्न चाहि महिलाको नामको वजेट भन्छन तर अरान खटान सवै महिलाकै हुन्छ । बिनियोजित वजेट आधा ठूलावडाकै गोजीमा पुग्छ अनि लक्षित वर्गको विकास कसरी हुन्छ खत्वे आक्रोस पोख्नुहुन्छ ।

राष्ट्रिय सहकारी संघकी उपाध्यक्ष अमृता सुब्बा अहिले सम्मका वजेट महिलामैत्री नहुने गरेको वताउनुहुन्छ । उहाँ आधा आकाश ओगटेको महिलाका बिभिन्न समस्यालाई सम्वोधन गर्न महिलामैत्री बजेटको आवश्यकता देख्नुहुन्छ । महिलालाई ब्यवसायिक क्षेत्रमा आकर्षित गर्न शीपमुलक तालिम, व्यवसायिक प्रशिक्षण लगायतका कार्यक्रम सँचालन गर्नकालागि वजेट आवश्यक पर्ने सुव्वाको भनाई छ । देश सम्वृद्धिको आन्दोलनमा लम्विएकाले महिलालाई कसरी सम्वृद्ध वनाउन सकिन्छ ? वजेटले यो प्रश्नको सम्वोधन गर्नुपर्नेमा उहाँको जोड छ ।
मोरङ्गकी अधिकारकर्मी सञ्जु शाह महिलाका नाममा छुट्याइने १० प्रतिशत बजेट अगुवा महिलाले नै दुरुपयोग गर्ने भएकाले वास्तविक पिछडिएका महिलासम्म त्यो रकम नपुग्ने गरेको दावी गर्नुहुन्छ । त्यसैले वास्तविक लक्षित बर्ग सम्मनै उनीहरुको नामको वजेट पुग्न सक्ने दर्विलो ब्यवस्था हुनुपर्ने शाहको भनाई छ ।

अधिवक्ता मिना सेडाई घरेलु हिंसामा परेका महिलाको पुर्नस्थापनाका लागि कोष खडा गरिनुपर्ने, नेतृत्वमुखी कार्यक्रम सञ्चालन गरिनुपर्ने र त्यस्ता कार्यक्रमको नाममा तोकेरै बजेट वितरण हुनुपर्ने अपेक्षा गर्नुहुन्छ । महिलालाई आर्थिक रुपमा सवल नवनाए सम्म महिला माथि हुने हरेक प्रकारका हिंसा न्यूनिकरण हुन सक्दैन । नयाँ संविधान सँगै अधिकारको आन्दोलन सकिएर सम्वृद्धिको आन्दोलन सुरु भएको भनिन्छ । आधा आकाश ढाकेका महिलालाई सम्वृद्ध नवनाइ देश सम्वृद्ध वन्न सक्दैन । त्यसैले महिलालाई सम्वृद्ध बनाउन भोलि प्रस्तुत हुने बजेटले के कस्तो ब्यवस्था गरेको छ हेर्न बाँकी नै छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: