महिला खबर
ललितपुर । अल्ट्रा धाविका मीरा राई, जुडोकी नीमा घर्तीमगर , कराँतेकी बिमला तामाङ र नेपाली फुटबल टोलीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ ।
नवौं गणतन्त्र दिवसको अवसरमा सरकारले घोषणा गरेका बिभिन्न मानपदवीमध्ये प्रवल जनसेवा श्री पुरस्कारबाट धाविका मीरा राई , जुडोकी नीमा घर्तीमगर , कराँतेकी बिमला तामाङ र फुटबल स्टार नवयुग श्रेष्ठ सम्मान गर्ने भएको छ ।
मीरा राई अल्ट्रा धावकका रुपमा विश्व बरियतामा दोस्रो स्थानमा छिन् । मिराले फ्रान्समा भएको ८० किलोमिटरको ‘मोन्ट ब्लंक म्याराथन’को उपाधि पनि जितेकी थिइन् । मिराले ८२ किलोमिटरको ‘मोन्ट ब्लंक म्याराथन’मा मीरा पहिलो भएकी हुन् । उनी स्पेनमा पनि उपविजेता भईन् नेपाली खेलकुद इतिहासका लागि हालसम्मकै ठूलो सफलता हो । हालसम्म व्यक्तिगत स्पर्धामा नेपालका कुनै पनि खेलाडी विश्व वरियताको नम्बरमा अटाएका छैनन् । मीराले अन्तर्रा्ष्ट्रियस्तरमा ठूला सफलता हात पार्दै विश्व च्याम्पियनसिपमा लामो फड्को मारेकी छन् । उनले हङकङमा ५० किलोमिटरमा एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र ८० किलोमिटरमा च्याम्पियन र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथनमा च्याम्पियन तथा ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड रनिङ सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पार्दै दोस्रो स्थानलगायत थुप्रै सफलता हात पारिन् । राष्ट्रियस्तरमा पनि दर्जनभन्दा बढिमा राष्ट्रिय च्याम्पियन बनेकी छन् । त्यसैले उनी नेपालको उत्कृष्ट खेलाडी हुन् ।
साग गेममा उसुकी नीमा घर्तीमगरले पनि स्वर्ण जितेकी थिइन् । त्यस्तै सन् २०१४ मा सम्पन्न एशियाली खेलकुदमा नेपालका लागि एकमात्र पदक बिजेता बिमला तामाङ र फुटबल स्टार नवयुगको प्रेरणामा नेपालले गत बर्षको अन्त्यमा भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ स्वर्ण जितेको थियो । उनी प्रतियोगिताका उत्कृष्ट स्ट्राइकर समेत हुन् । यी चार खेलाडीलाई प्रवल जनसेवा श्री पुरस्कारबाट सम्मानित गरिने भएको हो ।
त्यस्तै १२औं सागमा पौडीका बिभिन्न स्पर्धामा एक रजत र तीन काश्यसहित ४ पदक जितेर कीर्तिमान कायम गर्ने गौरिका सिंहलाई जनसेवा श्री मानपदवी दिइनेछ ।
साथै स्वीकृति पदक सातजना खेलाडीलाई प्रदान गरिने भएको छ । स्वीकृति पदकबाट सम्मानित हुनेहरुमा महिला फुटबलकी अनु लामा, पुरुष फुटबलबाट राष्ट्रिय टोलीका खेलाडीहरु रञ्जन विष्ट, आदित्य चौधरी, अमृत चौधरी र मानबहादुर लामा सम्मानित हुनेछन् । त्यस्तै भलिबलकी बिनिता बुढाथोकी र सरस्वती चौधरीले पनि स्वीकृति पदक पाउनेछन् ।
Comment Here!