सुमित्रा के सी
रुकुम । स्वास्थ्य सेवामा महिलाको सहजै पहुच पुर्याउने उद्घेयले रुकुमको खारा गाविसमा महिला स्वास्थ्य परामर्श केन्द्र स्थापना गरीएको छ ।
दस वर्षे जनयुद्घको बेला देखि नै खाराका अधिकांस महिलामा विषेश गरेर प्रजनन स्वास्थ्य र मानसिक स्वास्थ्य सम्बन्धि समस्या देखा परेकाले परामर्शका माध्यमबाट स्वास्थ्य सम्बन्धि समस्यामा सुधार ल्याउन केन्द्रको स्थापना गरीएको हो ।
केन्द्रमा पाठेघर खस्ने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारी अनियमित हुने लगायत महिलाको स्वास्थ्य सँग जोडिएका सबै समस्याको परामर्श दिईने बताईएको छ ।
जुन ठाँउमा धेरै समस्या छ त्यस ठाँउमा शिविर सञ्चालन गरीने र स्वास्थ्य सम्बन्धि जटिल समस्या देखिएमा अप्रेशनका लागी जिल्लाबाहिर सिफारिश गर्ने सल्यान रुकुम संयोजक अशोक चौधरीले जानकारी दिनुभयो ।
ओरेक नेपाल र महिला मानवअधिकार रक्षक सञ्जालको समन्वयमा परामर्श केन्द्र स्थापना गरीएको हो । खारा गाविसका नौ वटा वडालाई पायक पर्ने हिसाबले खाराको खुम्चेरीमा परामर्श केन्द्र स्थापना गरीएको छ । हप्तामा एक चोटी मात्र परामर्श केन्द्र खोल्ने र प्रत्येक घर घरमा गएर महिलालाई सचेतना दिईने ओरेकले जनाएको छ ।
स्वास्थ्यचौकी खाराका ईन्चार्ज टेक बहादुर रावतले द्घन्द प्रभावित खारामा स्वास्थ्य अवस्था बिग्रदा झाँक्री कँहा जाने चलन भएपनि पछिल्लो समय ८० प्रतिशतभन्दा बढी स्वास्थ्य चौकीमा जाने गरेका हुनाले परामर्श केन्द्रको स्थापनाले प्रवद्र्घनात्मक कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै महिला मानव अधिकार रक्षक सञ्जाल रुकुमका अध्यक्ष कल्याणी खडकाले २०६८ सालमाबनेको रणनितिक योजना अनुसार महिलाको स्वास्थ्यमा आमुल परिवर्तन गर्न घर घरमा पुगेर महिला स्वास्थ्य सँग जोडिएका कुरामा आवश्यक परामर्श दिईने बताउनुभयो ।
Comment Here!