महिला खबर
कालिकोट । जुम्लामा घरेलु हिंसा यौनजन्य दुब्र्यवहारबाट प्रभाबित महिलाका लागि स्थापना गरिएको अल्पकालिन आश्रय लिनेको संख्या बढेको छ । जिल्ला सेवा केन्द्रले हालसम्म जिल्लाका ३ सय ८० जना महिलालाई सेवा प्रदान गरेको जनाइएको छ ।
महिला तथा बालबालिका कार्यालय जुम्लाको आर्थिक सहयोगमा संचालित सेवा केन्द्रले घरेलु हिंसा यौनजन्य दुरब्यवहारबाट प्रभाबित महिलाका लागी स्वास्थ्य उपचार सेवा मनोसामाजिक विर्मश, कानुनी सेवा र आश्रय प्रदान गर्दै आइरहेको छ ।
चालु आर्थिक बर्षको हालसम्म स्वास्थ्य उपचार दुई जना, कानुनी सेवा ३९ जना र मनोसामाजिक विमर्श सेवा ५ जनालाई प्रदान गरिएको केन्द्रका अध्यक्ष भगवती श्रेष्ठले बताइन् ।
यस्तै, सेवा केन्द्र मार्फत पिडित महिलाहरुले जबरजस्ती करणी सम्बन्धि दुई वटा मुद्दा, मानव बेचविखन सम्बन्धि एक वटा मुद्दा र अंश सहित सम्बन्ध विच्छेदका चार वटा मुद्दा अदालतमा दर्ता भएको जनाइएको छ । भने ४३ वटा पीडित महिलाको समस्यालाई पारिवारिक मेलमिलापको आधारमा समधान गरिएको छ ।
घरेलु हिंसा तथा यौन जन्य दुव्यबहारबाट पीडित महिलाहरुलाई ३० देखि ४५ दिनसम्म खाना बस्न तथा सुरक्षाको व्यवस्था केन्द्रमा गरिएको श्रेष्ठले बताइन् ।
सेवा केन्द्रको स्थापना भएसंगै पहिले खुलेर बोल्न डराउने महिलाहरु पनि हाल आफुलाई भएको हिंसा प्रति आवाज उठाउन सक्ने भएको महिला अधिकारकर्मी श्रेष्ठको बताइन् । महिला बालबालिका कार्यालयबाट वार्षिक ५ लाख रकम विनियोजित हुने गरेकोे छ ।
श्रेष्ठले जिल्लामा सहयोगको लागि अपिल गरेपनि कसैले सहयोग नगरेको दुखेसो गरिन् । उनले भनिन् ‘जिल्लामा संचालित सरकारी तथा गैरसरकारी संघ संस्थामा हरेक वर्ष महिलाका नाममा बिकासका लागी जति नै बजेट आए पनि केन्द्रको सहयोगका लागी आह्वान गर्दा कुनै पनि निकायबाट सहयोग गरेका छैनन् ।’
Comment Here!