महिला खबर
ललितपुर । नेपाली महिलाबाट जन्मेको बच्चाले अनागरिक बन्न नपरोस भनेर सतर्क रहेको सभामुख ओनसरी घर्तीले बताएकी छन् । कार्यक्रममा उनले पुरुष सभामुखलाई स्वाभाविक नजरले हेर्ने समाज महिला सभामुख भए कै कारण परिक्षाको रुपमा हेरिरहेकोले यो परिक्षामा सफल भएरै छोड्ने दृढता व्यक्त गरेकी छिन् । उन्ले भनिन् ‘मेरो परिक्षामा म लगायत ५१ प्रतिशत महिलाले पास गर्नुहुनेछ ।’सभामुख घर्तीले संविधानले समेट्न नसकेको विषयलाई संशोधन मार्फत समेट्न सकिने उनले बताईन । संविधानमा भएका प्रावधानलाई ऐन बनाएर कार्यन्वयन गर्न लानुपर्ने बताएकी छिन् ।
महिला, कानुन र विकास मञ्चको २१औं स्थापना दिवस कार्यक्रममा घर्तीले महिला अस्तित्वको लागि अझै आवाज उठाउनुपर्ने आवश्यक रहेको बताउदै संविधानले दिएको लैङ्गिक समानताको कार्यन्वयनमा जोड दिने बताएकी छिन् । कार्यक्रममा पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले घरभित्र र बाहिर संघर्ष गरिरहेका महिलाहरु समान अधिकारका लागि अझैपनि संघर्ष मै रहेको बताईन् । “आन्दोलनका रुप र स्वरुप फरक छन्” उनले भनिन् –“कानुनले दिएका अधिकार कार्यान्वयन गर्न पनि थुप्रै चुनौती थपिएको छ ।”
स्थापना दिवसमा ‘विपद् सम्बन्धी अधिकारमा आधारित कानुनको आवश्यकता’ र ‘द कमिटि अन द राईट्स अफ दि चाईल्ड’ जानकारी सामाग्री सार्वजनिक गरिएको थियो । कार्यक्रममा लक्ष्मण अर्याल महिला अधिकार पुरस्कारबाट अधिवक्ता प्रकाशमणी शर्मा र उत्कृष्ट कर्मचारीमा मञ्चको बाँके कार्यालयका संयोजक अधिवक्ता सुनिल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
Comment Here!