महिलालाई प्रसुति सेवा निशुल्क


प्रकाशित मिति :2016-05-29 15:53:36

महिला खबर

ललितपुर । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष ०७३÷७४को बजेटमा महिलालाई निशुल्क प्रसुति सेवा उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरिएको छ । बजेटमा सघन आकस्मिक सेवा र नवजात शिशु सेवालाई ७५ जिल्लामा विस्तार गरिने छ । आमा र बच्चाको पोषण सुनिश्चित गर्न सुनौलो हजार दिनलाई थप प्रभावकारी बनाइने छ । महिला स्वास्थ्य एवं स्वयंसेविकाको सामाजिक योगदानलाई कदर गर्दै उनीहरुलाई प्रदान गर्दै आएको पोशाक खर्च रु १५ सयले वृद्धि गरेको छ । साथै उनीहरुको स्वास्थ्य विमाको प्रबन्ध गरेको छ । आगामी आर्थिक वर्ष ७ लाख बालबालिकाको लागि ११ प्रकारका रोगविरुद्धको खोप निशुल्क लगाइने छ ।

महिला उत्थान लैँगिक विभेदको अन्त्य सिप तथा उद्यमशीलता विकास, प्राज्ञिक अनुसन्धान वृद्धि लगायतका महिला सशक्तीकरणका कार्यक्रमहरु अघि बढाउन आगामी आर्थिक वर्षदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । महिलाको व्यवसायीक दक्षता विकासको लागि सिपविकास तथा अभिमुखीकरण सम्बन्धि तालिम प्रदान गरिने छ । महिलाको उद्यमशीलताको विकास गरी स्वरोजगारको लागि सहयोग स्वरुप वीउ पू“जी उपलब्ध गराइने छ । महिलाको स्वामित्वमा आएको घर जग्गा तीन वर्ष भित्र विक्री गर्दा स्वामित्व प्राप्त गर्दा पाएको छुट रकम फिर्तँ गर्ने व्यवस्था हटेको छ । घरेलु हिंसा, लैगिंक हिंसामा परेर वेवारिसे महिलालाई उद्धार गरि सुरक्षित राख्न अल्पकालीन पुर्नस्थापना गृहको विस्तार गरिने छ । बालविवाह, दाइजो प्रथाबाट श्रृजना हुने महिला हिंसाको विरुद्ध किशोरी शिक्षा र सिपविकासका कार्यक्रमहरु प्रदान गरिने छ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन उच्चस्तरीय समिति गठन गरिने छ । आगामी जेष्ठ देखि एकल महिला, विधवा महिला, अपांगता भएको व्यक्ति र लोपोन्मुख आदीवासी जनजातीलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता दोव्बर गरेको छ । यसका लागि रु ३२ अर्ब ७० करोड विनियोजन गरेको छ । सबै क्षेत्रका विपन्न परिवारका दुई बालबालिकाले क्रमश बाल अनुदान प्राप्त गर्दै जाने व्यवस्था मिलाएको छ । एक प्रदेश एक मेडिकल कलेजको अवधारणा अगाडी बढाइने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: