जंगली च्याउ खाँदा तीन बालिका सहित १ महिलाकाे मृत्यु


प्रकाशित मिति :2016-05-29 16:10:59

रमला सिंगक
पाँचथर । जंगली च्याउ खाँदा पाँचथरमा एकै घरका ३ आमाछोरी र अन्य एक गरी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आङना १ की ४५ वर्षीया पद्ममाया माङ्लाक सहित उनकी छोरीहरु १३ वर्षीया कविता,  ५ वर्षीया सोनी माङ्लाक र थर्पु ६ की ११ वर्षीया एलीजा माबो रहेका छन् ।

माङ्लाक परिवारले गत मंगलबार जंगलवाट ल्याएर च्याउ खाएका थिए । च्याउ खाएर सिकिस्त भएकी पद्ममायाको  विराटनगरस्थित नोबेल अस्पताल र कविताको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा  शनिवार मृत्यु  भएको हो ।  ५ वर्षीया सोनीको भने उपचारका लागि दमक लैजानेक्रममा गत विहिवार बाटोमै मृत्यु  भएको थियो । माङ्लाक परिवारका अन्य ६ को उपचार भईरहेको छ ।

शुक्रवार जंगली च्याउ पकाएर खाँदा परिवारका सबैले खाँदा थर्पु ६ दारिम्बाकी ११ वर्षीया एजिलाको शनिबार मृत्यु भएको छ । उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यू भएको हो । परिवारका अन्य ३ जना ६ वर्षीय प्रशान्त, १६ वर्षीया पुष्पा र ८ वर्षीया सुलोचना मावोको उपचार भईरहेको छ ।
दुई परिवारकै आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार गर्न नसकेकाले उनीहरुको मृत्यु भएको आफन्तले बताएका छन् ।
पूर्वी पहाडमा जंगली च्याउ तरकारीको रुपमा खाँदा परिवारै बिरामी पर्ने र ज्यान गुमाउने क्रम वढिरहेको छ । बर्षा शुरु भएसँगै जंगलमा नयाँ च्याउ पाईने हुँदा नचिनी खाँदा ज्यान गुमाउने संख्या वर्षेनी बढिरहेको प्रहरीले बताएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: