ज्ञानु पंगेनी
नवलपरासी । मनिषाको मृत्यु उनका प्रेमी आशिष चौधरीकै कारण भएको भन्दै दोषीलाई कारबाहीको माग गर्दै मृतक पक्षले आईतवार जिल्ला प्रशासन कार्यालय नवलपरासी घेराउ गरेका छन । मृतक मनिषा घर्तीमगर नेपाली युवा फुटबलर बिमल घर्तीमगरकी बहिनी हुन् ।
हातमा मनिषाको फोटो र प्लेकार्ड बोकेर ठूलो संख्यामा परासी पुगेका खेल प्रेमी , आफन्त, स्थानीयले जिल्ला प्रशासन कार्यालयको गेटमा नाराबाजी गर्दै दोषि आशिष चौधरी माथि कारबाहीको माग गरेका छन् ।
हत्यारालाई फासी दे, घटनालाई ढाकछोप गर्न पाईदैन, घटनाको प्रतिबेदन सार्बजनिक गर, हत्यारालाई कारबाही गर लगाएतका नारा लगाउदै प्रदर्शन भएको छ ।
बर्दघाटबाट ठूलो संख्यामा मृतकका आफन्त सहित स्थानीयहरु दोषीलाई कारबाहीको दायरामा ल्याउन भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानआकर्षण गराउन परासी पुगेका थिए । मनिषाको गत बुधबार राती शंकास्पद मृत्यु भएको थियो । उनको मृत्युबारे अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले हत्या आरोपमा उनका प्रेमी आशिषलाई नियन्त्रणमा लिएको छ ।
Comment Here!