यमुना खनाल
सिरहा । सिरहाको गोलबजार नगरपालिका –६ मा रहेको श्री सागर ईटा उद्योगमा आइतबार पर्खाल भत्केर पुर्दा एक महिलासहित दुई भारतीय कामदारको मृत्यु भएको छ । भने अन्य २ महिला कामदार गम्भिर घाइते भएकी छन् ।
गम्भिर घाईते खातुन र अलीको गोलबजारमा उपचार सम्भव नभएपछि थप उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले जानकारी दिए । मृत्यु हुनेमा भारत बङ्गालकी ३५ वर्षीया अलिना खातुन र सोही ठाउँका ६० वर्षीय असरफ अली रहेका छन् ।
प्रहरी निरीक्षक उपाध्यायका अनुसार भारत बङ्गालकै ३५ वर्षीया राहिल्या खातुन र समस्तु खातुन गम्भीर घाइते भएका छन् । गम्भीर घाइते राहिल्याको उपचार लाहान अस्पतालमा भइरहेको छ । मृतक खातुन र अलीको शव परीक्षणका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ ।
Comment Here!