बैतडीमा बालबालिकालाई इन्सेफलाइटिस खोप


प्रकाशित मिति :2016-05-30 11:25:58

महिला खबर
बैतडी । बैतडीका ८० हजार बालबालिकालाई जापानीज इन्सेफलाइटिसविरुद्धको खोप दिइएको छ ।  वैशाख २६ गतेबाट सुरु भएको खोप अभियान दुई चरणमा गरेर सकिएको  जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

जापनीज इन्सेफलाइटिसविरुद्धको खोप जिल्लाका एक वर्षदेखि १५ वर्षमुनिका ७२ हजार बालबालिकालाई लगाउने लक्ष्य लिएपनि लक्ष्यभन्दा बढीले खोप लगाएको खोप अधिकृत वीरेन्द्र भट्टले जानकारी दिनुभयो ।

पहिलो चरणमा दुई नगरपालिका र २४ गाविसमा अभियान सञ्चालन गरिएको थियो भने दोस्रो चरणमा बाँकी रहेका ३२ गाविसमा खोप अभियान सञ्चालन गरिएको थियो ।

जापनीज इन्सेफलाइटिसविरुद्धको खोप अभियानमा ४०० स्वास्थ्यकर्मी र ८३१ महिला स्वास्थ्य स्वयम्सेविका खटिएका थिए । पहाडी जिल्लामा पनि लामखुट्टेको जीवन सहज हुन थालेपछि जापनीज इन्सेफलाइटिसबाट बच्नका लागि बैतडीमा पहिलो पटक यो खोप अभियान सञ्चालन गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: