महिला खबर
जनकपुर । धनुषा जिल्लाका सरकारी विद्यालयको माध्यमिकतहमा पढ्ने ५०० दलित तथा गरिब छात्रालाई साइकल वितरण गरिएको छ । कक्षा ९ र १० मा अध्ययनरत ८३ वटा विद्यालयका ५०० दलित तथा गरिब छात्रालाई साइकलका वितरण गरिएको हो ।
भारतीय दूतावासको आर्थिक सहयोगमा उनीहरूलाई साइकल वितरण गरिएको हो । साइकल वितरण गर्न आईतवार जनकपुरमा अयोजित कार्यक्रममा वोल्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले छोरीलाई विद्यालय जानबाट वञ्चित गराइन नहुने धारणा राख्नुभयो । निमित्त जिल्ला शिक्षा अधिकारी अरविन्द कर्णले विद्यालयका जेहेन्दार, दलित, गरिब छात्रालाई अध्ययनमा हुने गरेको व्यवधानको समाधानमा अभिभावक पनि सचेत हुनुपर्ने बताउनुभयो ।
Comment Here!