महिला खबर
गोरखा । ९ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखाका ४४ वर्षीय चन्द्रबहादुर कुमाललाई पक्राउ गरेको छ ।
आफ्नी ९ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी आएपछि बाबु चन्द्रबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।
पछिल्लो पटक एक हप्ता अघि चन्द्रबहादुरले छोरीलाई बलात्कार प्रयास गर्दा छोरी नमानेपछि कुटपिट गरेको प्रहरी अनुसन्धानले देखाएको छ । चन्द्रबहादुरलाई नियन्त्रणमा लिएर आईतबार जिल्ला अदालत गोरखाबाट सात दिनको म्याद लिई अनुसन्धान अघि बढाएका प्रनाउ थापाले बताउनुभयो ।
चन्द्रबहादुरविरुद्ध जबर्जस्ती करणी र हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरेर कानुनअनुसार कारबाही सुरु गरिएको प्रनाउ थापाको भनाइ छ । गत एक महिनाको अवधिमा गोरखामा पाँच वटा जबर्जस्ती करणीका घटना भएको प्रहरीले जनाएको छ ।
Comment Here!