महिला खबर
एजेन्सी । पाकिस्तानी शक्तिशाली संवैधानिक निकाय काउन्सिल अफ इस्लामिक आइडियोलोजी (सी आइ आइ) ले श्रीमानले भने अनुसार लुगा नलगाए र संभोग गर्न अस्विकार गरे श्रीमतीलाई पिट्न पाउनुपर्नेे विधेयकको मस्यौदा प्रस्ताव गरेको छ । (सी आइ आइ) ले यस्तो सुझावसहितको विधेयक तयार गरेको एनवीसीले न्युजले जनाएको छ । १६० पृष्ठ विधेयकको मस्यौदालाई अन्तिम रुप दिनुअघि स्वीकृतकालागि सवैभन्दा धेरै जनसंख्या भएको पञ्जाव प्रान्तीय सभामा पठाइने छ ।
मस्यौदामा पुरुषले महिलाका सिमित अंगमा मात्रै हिंसा गर्न पाउने कुराको पनि वकालत गरेको छ ।

सीआईआइका अध्यक्ष मौलाना मोह्मबद खान सेरानी
महिलालाई त्यस्तो भागमा पिट्ने जहाँ छाला न धेरै बाक्लो होस वा पातलो । जुत्ताले हान्न नपाउने, टाउकोमा कुचोले हान्न नपाउँने, आँखा, नाकमा हान्न नपाइने र हड्डी नभाँचिने र कुनै प्रकारको दाग नआउने गरी मात्र पिट्न पाउनुपर्ने कुरा मस्यौदामा उल्लेख गरिएको छ ।
महिलालाई धार्मिक उत्तरदायित्वको बोध गराउनलाई यस्तो कानुनको मस्यौदा ल्याइएको सी आइ आईले जनाएको छ । उक्त मस्यौदामाथि काउन्सिल अफ इस्लामिक आइडियोलोजी कै पुर्व सदस्यलगायत पाकिस्तानी सञ्चार माध्यम र मानवअधिकारवादीहरूले आपत्ति जनाएका छन् ।
‘सिमित हिंसा र हल्का कुट्ने भनेको के हो ? टाउको नकाट तर, जलाउ भनेको हो ?’ काउन्सिल अफ इस्लामिक आइडियोलोजीका पुर्व सदस्य अलाम ताहिर अश्रफी प्रश्न गर्छन् । काउन्सिल अफ इस्लामिक आइडियोलोजीले इस्लाम धर्ममा हिंसा क्षम्य छैन भन्ने कुरा गरेपनि काम भने त्यसको उल्टो गरिरहेको आरोप लगाए । उनले भने ‘महिलामाथि भइरहेको बलात्कार, आत्महत्या र बढिरहेको सम्बन्ध विच्छेदका बारेमा सी आइ आइ बोल्नुपथ्र्यो ।’ अश्रफी अहिले पाकिस्तानी धार्मिक बुद्धिजीवि आवद्ध रहेको काउन्सिलका सदस्य छन् ।
पन्जाव प्रान्तका कानुन मन्त्री राना सनाउल्लाहले समेत यस्तो विधेयककोे विरोध गरेका छन् । उनी भन्छन् सी आइ आइले हल्का पिटाइ घातक हुँदैन भन्ने कुराको सुनिश्चित कसरी गर्न सक्छ ?’
अघिल्लो दिन पन्जाब प्रान्तमा महिलालाई बृहत हक अधिकार र सुरक्षा दिइनुपर्ने प्रगतिशिल विधेयकको प्रतिक्रिया दिँदै (सी आई आई) आफ्नो सो विधेयकको मस्यौदा सार्वजनिक गरेको हो ।
उक्त धार्मिक निकायको सो विधेयक मस्यौदाको पाकिस्तानको मानव अधिकार आयोगले पनि आलोचना गरेको छ । सी आई आइका अध्यक्ष मौलाना मोह्मबद खान सेरानीले सो मस्यौदा अझै निमार्ण प्रक्रियामै रहेको र इस्लामले महिला विरुद्धको हिसांलाई अनुमति नदिएको दाबी गरेका छन् ।
Comment Here!