महिला खबर
काठमाडौं। लघु उद्यममा महत्वपूर्ण योगदान पुर्याएका पन्ध्र जना महिलालाई सम्मान गरिएको छ। सम्मानित हुनेमा रसुवामा मिल सञ्चालन गर्ने कुलकुमारी न्यौपाने, कास्कीमा एकीकृत कृषि व्यवसाय गर्ने मीना कुमारी गुरुङ, पर्वतमा अल्लोका कपडा उत्पादन गर्ने जसमायाँ पुन, नवलपरासीमा बङ्गुरपालन गर्ने ठगनी हरिजान, नवलपरासीमा सिलाइकटाइ गर्ने उर्मिला लोहार छन् ।
त्यस्तै, सुर्खेतमा छापाखाना सञ्चालन गर्ने हिमकुमारी उपाध्याय, सुर्खेतमा ढाका बुनाइ गर्ने कमला चौधरी, सुर्खेतमै कपडा सिलाउने रमना परियार, कैलालीमा सौन्दर्य व्यवसाय सञ्चालन गर्ने शीतलदेवी चौधरी, कैलालीमा बेतबाँसका सामग्री निर्माण गर्ने पार्वती चौधरी, महोत्तरीमा मिथिला चित्रकला बनाउने सुनैना ठाकुर, मकवानपुरमा च्याउ खेती गर्ने देवमाया सिन्तान, मोरङमा जुत्ता उत्पादन गर्ने चम्पा नेपाल, धनकुटामा सल्लाको पातजन्य हस्तकला बनाउने जुना घिमिरे र धनकुटामा बाँसजन्य लघुउद्यम गर्ने मनकुमारी राई पनि सम्मानित भए।
उनीहरूलाई सम्मानपत्र र ४० हजार रुपैयाँसहित उद्योग मन्त्रालयका सचिव सूर्यप्रसाद सिलवालले सम्मान गर्नुभएको हो । केयर नेपालको ‘सफल महिला उत्प्रेरणा अभियान’ अर्न्तगत महिला उद्यमीलाई सम्मानित गरिएको हो।
Comment Here!