मनिषाको हत्याको आरोप लागेका आशिषको पोलीग्राफ जाँच


प्रकाशित मिति :2016-05-31 16:37:31

ज्ञानु पंगेनी

bimal gharनवलपरासी । फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनिषाको उनको प्रेमीले हत्या गरेको हो कि होइन भन्ने अनुसन्धान गर्न मंगलबार पोलीग्राफ भएको छ ।

मंगलबार विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पाँच घण्टा लगाएर पोलीग्राफ गरिएको हो ।  मनिषाका प्रेमी आशिष भनिने रुद्र नारायण चौधरीले पोलीग्राफको क्रममा पनि आफूले हत्या नगरेको दोहोर्‍याएका थिए ।

पोलीग्राफ टोली सोमबार नै परासी आइपुगेको थियो । चौधरीले सोमबार टाउको दुखेको भन्दै पोलीग्राफ गर्न नमानेपछि मंगलबार पोलीग्राफ गरिएको हो । क्षेत्रीय प्रहरी कार्यालय पोखराका पोलीग्राफ शाखाका प्रहरी निरीक्षक रामप्रसाद पाण्डे पोलीग्राफका लागि परासी आइपुगेका हुन् ।
पोलीग्राफमाथि विस्तृत अध्ययन गर्न थालिएको छ । रिपोर्ट आउन चार/पाँच दिन लाग्ने बताइएको छ । पोलीग्राफमाथि अहिले नवलपरासीमै विस्तृत अध्ययन गरिने र थप पोलीग्राफ गर्न परे फेरि गरिने जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

त्यसपछि पोखरामा लगेर त्यसलाई थप अध्ययन गर्ने र पोखराबाट पनि पुरा अध्ययन हुन नसके काठमाडौं लगिने सापकोटाले बताउनुभयो ।

हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका आशिष चौधरीले आफूले हत्या नगरेको भन्दै पटक पटक दावी गर्दै आएका छन् । उनले मनिषा घर एक्लै रहेको थाहा पाएपछि गएको, झगडा हुँदा दुई झापड हानेर घर बाहिर बरन्डामा आएर सुतेको र पछि हेर्न जाँदा झुण्डिएको अवस्थामा भेटेर झिक्दा मृत्यु भईसकेको दावी गर्दै आएका छन् । आशिष अझै जिल्ला प्रहरी कार्यालयमा प्रहरीको नियन्त्रणमा रहेका छन् ।
त्यस्तै पोष्टमार्टम रिपोर्ट पनि मंगलबार आएको छ । पोष्टमार्टम रिपोर्टमा हत्या वा आत्महत्या स्पष्ट नभएको, तर घाँटीमा दबाबका कारण मनिषा घर्ती मगरको मृत्यु भएको उल्लेख छ  ।

१७ वर्षीया मनिषा जेठ १३ गते बिहान नवलपरासी बर्दघाट ८ भुतास्थित आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनी घरमा एक्लै थिइन् ।
प्रहरीले घटना प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने बताएको थियो ।

उनको शव शिक्षण अस्पतालमा ल्याएर पोस्टमार्टम गरिएको थियो । शिक्षण अस्पताल फोरेन्सिक विभाग प्रमुख डा. हरिहर वस्तीका

अनुसार पोस्टमार्टम रिपोर्ट मंगलबार विहान प्रहरीलाई बुझाइएको छ ।रिपोर्ट जिल्ला प्रहरी कार्यालय नवलपरासी नआइपुगेको सापकोटाले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: