शुसिला पाठक
विराटनगर । विराटनगरमा आजदेखि पाँचदिने नेतृत्व विकास तालिम सुरु भएको छ । विपन्न, दलित, मुस्लिम,एकल महिलाका लागि तालिमको आयोजना गरिएको हो ।
सञ्चारिका समूह मोरङको आयोजना र विराटनगर उपमहानगरपालिको सहयोगमा भएको तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्टले देशको बागडोर महिलाको हातमा रहेकोले महिला पनि सक्षम छन् भन्ने सन्देश दिएको समयमा अरु महिलाले पनि क्षमता विकास गर्दै अगाडी आउनुपर्ने बताउनुभयो । उहाँले काममा क्षमता र दक्षताको विकास गरे कोही महिला पनि खान नपाउने, हिंसा पीडित नहुने भन्दै नेतृत्व विकास गर्दै अगाडी बढ्न जरुरी रहेको बताउनुभयो ।
नयाँ संविधानले महिलाका धेरै विषयहरू समावेश गरेको भएपनि यो पर्याप्त नभएकाले अन्य अधिकार प्रयोग गर्न महिला सक्षम हुन आवश्यक रहेको उहाँको भनाई थियो । उहाँले अब हुने स्थानीय निकायको निर्वाचनमा पनि आफ्नो पहिचान स्थापित गर्न ५० प्रतिशतभन्दा बढी उम्मेद्वारी दिन तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दशीलाल माझीले समय सापेक्ष महिलाले आफूलाई अगाडि बढाउँदै लैजानुु पर्नेमा जोड दिनुभयो । उहाँले ५ दिने तालिममा सहभागीले संविधानमा महिलाको हक, अधिकारदेखि लिएर स्वास्थ्य , शिक्षामा अवस्थाकाबारेमा जानकारी दिइने उहाँले बताउनुभयो ।
त्यसैगरी सञ्चारिका समूह पूर्वाअञ्चलका अध्यक्ष इन्दिरा भट्टराइले सफलता सानो विन्दुबाट शुरु हुने भएकोले यो तालिमले पनि महिलालाई सफलतातर्फ जान मद्दत गर्ने बताउनुभयो । तालिममा ७० जना महिलाको सहभागिता छ ।
Comment Here!