महिला खबर
कालिकोट । जुम्लाको नराकोट, डिल्लीचौर, कुडारी र चन्दननाथ उच्च माध्यमिक विद्यालयमा स्थानीय स्रोत साधनबाट महिनावारी भएको बेला महिलाले प्रयोग गर्ने स्यानेटरी प्याड बनाउने तरिका सिकाइएको छ ।
महिनावारी भएका बेला किशोरी विद्यालय नजाने बढ्दो प्रबृत्ति रोक्न यस्तो कार्यक्रम आयोजना गरिएको सेडा नेपाल जुम्लाले जनाएको छ ।
विद्यालयमा किशोरीको संख्या बढाउन कार्यक्रमको आयोजना गरिएको र त्यसको लागि स्थानीय स्रोतको प्रयोग गरी स्यानेटरी प्याड कसरी बनाउने भन्नेबारेमा पनि सिकाएको सेडा नेपालका केशव पौडेलले बताउनुभयो ।
स्थानीयस्तरमा पाईने विभिन्न स्रोतसाधनबाट स्यानेटरी प्याड बनाउन कार्यक्रका सहभागीलाई सिकाईएको छ । महिनावारी भएको बेला विद्यालय जाने छात्राको संख्यामा कमी भएकाले स्वयं आफैँले प्याड बनाएर प्रयोग गर्ने बानी बसेमा नियमित विद्यालय जान पाउने भएको हुदाँ विद्यालयमा कार्यक्रमको आयोजना गरिएको पौडेलको भनाइ छ ।
कार्यक्रममा जिल्लाका चारवटा उच्च माध्यमिक विद्यालयका छात्रासँग मुत्र प्रणालीमा संक्रमण, पाठेघरको समस्या र बाँझोपनको विषयमा पनि जानकारी दिइएको थियो । उहाँका अनुसार कार्यक्रम सञ्चालन गरिएका चारवटै विद्यालयका वरिपरि रहेका विद्यालयलाई पनि कार्यक्रममा समावेश गरिएको हो ।
Comment Here!