मिथिला कलामा पोख्त मिथिला क्षेत्रका महिला : व्यावसायिक हुन नसकेको गुनासो


प्रकाशित मिति :2016-06-01 13:09:05

यमुना खनाल

DSCF5913

सिराह । मिथिला क्षेत्रमा कुनैबेला घर आगन सजाउन बनाईने मिथिला कलाले अहिले विस्तारै व्यावसायिक रुप लिन थालेको छ । मिथिला कलालाई व्यवसायको रुपमा अगाडी बढाइ तराईका केही महिला अहिले आत्मनिर्भर भएका छन् । यसको व्यावसायिक फाइदा बारे जानकारी तराईका ग्रामिण महिलासम्म पुयाउन सक्ने हो भने ग्रामिण क्षेत्रका महिला कोही पनि बेरोजगार हुनु पर्दैन । अन्तर्राष्ट्रिय बजारमा मिथिला कलाको ठूलो माग रहेको छ ।

मिथिलाका महिलाले परम्परागत रुपमा यहाको सभ्यता ,संस्कृति, जीवनशैली , रितीरिवाज, चाड पर्व आदि कुरालाई चित्रमार्फत व्यक्त गर्छन् । त्यसैले यहाँका प्राय महिलामा मिथिला कला बनाउन जानेका छन् ।

ललित कला प्रज्ञा प्रतिष्ठान ललितपुरका प्रमुख सुबोध चन्द्र दासका अनुसार मिथिला कला घरका हरेक शुभ कार्यमा कोरिन्छ , तराईका प्रत्येक घरका महिलाले यो कला जान्दछन् र यदि कसैले यो कला नजानेको भए त्यो अपूर्ण हुने उन िबताउँछन् ।

प्रत्येक घरका महिलाले यो कला आमा हजुरआमाबाटै सिक्ने उनको भनाइ छ । सिराहको लहानमा ललितकला कला प्रज्ञाप्रतिष्ठानले आयोजना गरेको मिथिला कला प्रशिक्षण कार्याशालामा सहभागीे महिलाले पनि मिथिला कला घर घरमा भएपनि यसलाई व्यावसायिक रुपमा विकास गर्न नसकेको बताए ।

घर सजाउन मिथिला आर्ट गर्ने महोत्तरीकी सुनेना ठाकुरले आफ्नो कलालाई अहिले व्यावसायिक बनाएकी छन् । ८ वर्षदेखि मिथिला कला व्यवसायमा लागेकी उनले बनाएको कलाको नेपाललगायत अमेरिका, न्युजिल्यान्ड र चीनमा माग रहेको बताउँछिन् ।

DSCF5919

सुनेना भन्छिन्, ‘हामी केहीलेमात्रै यस पेसालाई व्यवसायिक रुपमा अघि बढाएका छौं ।’

‘मिथिला कला तराईका प्राय महिलालाई आउँछ, तरपनि कसरी रङ भर्ने कसरी मिलाउने भन्ने तालिमको आवश्यकता छ’, उनले भनिन् ।

मिथिला आर्ट ग्रामिण महिलाको आयआर्जनको राम्रो श्रोत हुनसक्ने उनको भनाइ छ । गाँउका महिला जसको हातमा अन्य कुनै सीप छैन, शिक्षा छैन, त्यस्ता महिलाले मिथिला आर्ट सजिलै गर्न सक्ने उनको अनुभव छ । घरमै बसेर मिथिला आर्ट गर्ने तराईका धरै महिलाले यसैबाट सानोतिनो आम्दानी गरेर बालबच्चा पढाईरहेको सुनेना बताउँछिन् ।

जनकपुरकै मुनी खातुनको पनि आम्दानीको स्रोत मिथिला कला बनेको छ । उनले आफूसहित छ जना छोराछोरीको पालनपोषण र पढाइ खर्च यसैबाट जुटाइरहेकी छन् । १९ वर्ष अघि उनको श्रीमानको मृत्यु भयो । आर्थिक अवस्था कमजोर, गरिखाने खेतीबारी आफ्नो थिएन न पढाई लेखाई । कहाँँ काम खोज्न जानु ? ठूलो समस्याले बज्रपातै भयो मुनीलाई ।

श्रीमानका साथी जनकपुर आर्ट एन्ड क्राफ्ट संचालक अजित शाह र बुबाको सल्लाहमा मुनी मिथिला कला सिक्न जनकपुर आर्ट एन्ड क्रफ्टमा जान थालिन् । शुरुमा धेरै अप्ठ्यारो भयो, तर पनि मुनीले निरन्तर प्रयास गरिन् । अजितले पनि उनलाई सधैँ हौंसला दिईरहे । अहिले मुनी जनकपुर आर्ट एन्ड क्राफ्टका ४० जना कलाकार मध्ये अब्बल छिन् । ६ जना छोराछोरीको लालन पालन र शिक्षा दिक्षा, मिथिला कलाको आम्दानीबाटै चलेको छ । ५ छोरीको बिहे पनि मुनीले आफ्नै हातको कला बेचेरै गरिन् ।

सप्तरीकी कमला सुतिहारले आमा, हजुरआमाले मिथिला आर्ट बनाएको देखेर सानैदेखि आफू पनि कोर्थिन् । अहिले २२ वर्ष भयो उनले आफ्नो कलालाई व्यावसायिक बनाएको । अन्य काममा भन्दा आफ्नो मौलिक संस्कृतिका कुरा चित्रकलाको माध्यमबाट व्यक्त गर्दा आत्मसन्तुष्टी पाएकाले निरन्तर यही काम लागेको सुतिहार बताउँछिन् ।

उनलाई मिथिला क्षेत्रका गरिब महिलालाई मिथिला कला सिकाउने ईच्छा छ । ग्रामिण भेगका विपन्न महिलालाई मिथिला कला सिकाउन सके आम्दानीको श्रोत बन्थ्यो, उनीहरूले छोेराछोरी पढाउन पाउँथे भन्ने लागेकाले आफू त्यसको प्रयासमा रहेको उनले बताइन् ।

DSCF5934

उनी भन्छिन्, ‘हामी छोराछोरीले एसएलसीमा कुन श्रेणीमा पास गरे भनेर ईन्टरनेट हेर्छौ ,छोराछोरीले ८०, ९० प्रतिशत ल्याए भनेर गर्ब गर्छौ, तर हामी जस्तै थुप्रै महिला आफ्ना छोराछोरी सरकारी स्कुलमा पनि भर्ना गर्न नसक्ने अवस्थामा छन् । तिनीहरू मध्येका चारजना महिलालाईमात्र भएपनि यो कला सिकाउन सके आफैँलाई धन्य ठान्थें ।’

सरकारले पनि मिथिलाको मौलिक संस्कृति संरक्षणको जिम्मेवारी लिनुपर्ने कलाकार सुनेनाको भनाई छ । मिथिला कलालाई विद्यालयको पाठ्यक्रममा गरि शैक्षिक रुपमा विकास गर्नुपर्ने र बजारको व्यवस्थापन गरिदिनु पर्ने उनको माग छ ।

ललित कला प्रज्ञाप्रतिष्ठान लोक कला बिभागका प्रमुख सुबोद चन्द्र दास पनि मिथिला कला मिथिला क्षेत्रका गाँउगाँउमा व्याप्त भएपनि यसको विकास हुन नसकेको स्वीकार्छन् ।

यस क्षेत्रका हरेक महिलामा मिथिला कलाको सीप भएर पनि आय आर्जन गर्ने तहमा विकास गर्न नसकेको दासको भनाइ छ । यसलाई व्यावसायिक बनाउने प्रयास स्वरुप नेपाल ललित कला प्रज्ञाप्रतिष्ठानले लहानमा लोक कला प्रशिक्षण आयोजना गरेको उनले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: