सात वर्षको अभियानले बन्यो विराटनगर उपमहानगरपालिका पहिलो वालमैत्री


प्रकाशित मिति :2016-06-01 14:58:20

लिलाराज भट्टराई

मोरङ । विराटनगर उपमहानगरपालिकामा स्कुल जाने उमेर पुगेका एक जना पनि छोरी स्कुल वाहिर छैनन् । आफ्नो घर वा गाँउका सवै छोराहरू जस्तै सवै छोरीहरू पनि स्कुल भर्ना भएका छन् । विराटनगरमा पाँचदेखि वाह्र वर्ष उमेर समूहका सवै ४० हजार ४ सय २२ वालवालिकालाई विद्यालय भर्ना गरिएको छ । चारवर्षसम्मका ८ हजार ७ सय ९० वालवालिकालाई प्रारम्भिक वालविकास कक्षामा भर्ना गरिएको छ । प्राय जसो माध्यमिक विद्यालयमा छात्र र छात्राका लागि छुट्टा छुट्टै शौचालयको व्यवस्था गरिएको छ ।

पाँचवर्ष अघि विराटनगरमा करिव २८ सय वालश्रमिक थिए । अहिले ५ सय ५२ जना छन् । अवको एक वर्षमा विराटगरलाई वालश्रम मुक्त वनाउने लक्ष्य छ । एक वर्ष सम्मका प्रत्येक वालवालिकाले एक वर्षसम्ममा लगाउनुपर्ने सवै खोप लगाएका छन् । पाँच वर्ष मुनिका सवै वालवालिकाको जन्मदर्ता गरिएको छ ।

Balmaitrii

वालविवाहमा उल्लेख्य कमी आएको छ । वालविवाह हुन लागेको थाहा पाउने बित्तिकै रोक्न विभिन्न संयन्त्र क्रियाशिल छन् । त्यसैले त विराटनगर उपमहानगरपालिका देशकै पहिलो वालमैत्री उपमहानगर घोषित भएको छ ।

वालमैत्रीनगर निर्माणकालागि आवश्यक वालअधिकारमा आधारित वालमैत्री स्थानीय शासनसम्वन्धी न्यूनतम ३९ वटा सूचक पूरा गरी विराटनगरलाई वालमैत्री नगरघोषणा गरिएको हो ।

“बालमैत्री स्थानीय शासन” ले बाल बचाउ, बाल संरक्षण, बाल विकास र सार्थक बाल सहभागिताजस्ता बाल अधिकारका विषयलाई स्थानीयस्तरको नीति, योजना, संरचना, प्रणाली र कार्य प्रक्रियामा केन्द्रीय जिम्मेवारीलाई स्थानीयस्तरमा संस्थागत गर्ने शासकीय पद्धति हो ।

बालमैत्री स्थानीय शासन बालअधिकार सम्बन्धी समग्र पक्ष (बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता) को प्रवद्र्धन गरी स्थानीय स्वायत्त शासन ऐन, २०५५ बमोजिम स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न ल्याइएको अवधारणा हो ।

वालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८, कार्यावन्यन कार्यविधि २०६८ र वालमैत्री स्थानीय निकाय घोषणा कार्यविधि २०७० ले तोकेका मापदण्ड पूरा गरेपछि अभियान सुरु गरेको सात वर्षमा विराटनगर वालमैत्री नगर घोषित भएको हो । पाँच वर्षे कार्यक्रम तय गरि सात वर्षअघि अभियान सुरु गरिएको थियो ।

यसअवधिमा विराटनगर उपमहानगरपालिका सरोकारवाला संस्था र निकायका साथमा नगरका प्रत्येक वालवालिका र अविभावकका बिचमा यो अभियान पुर्‍याएको दावी गरिएको छ । वैशाख ३१ गते भब्य कार्यक्रम आयोजना गरी वालमैत्री नगर घोषणा गरिएको हो । यसअघि मोरङकै तेतरिया गाविस वालमैत्री गाउँ घोषित भइसकेको छ ।

के के छन त वालमैत्री घोषणा गर्ने सूचक ?

वालमैत्री घाेषणा सभामा सहभागी हुन अाएकी एक वालिका

वालमैत्री घाेषणा सभामा सहभागी हुन अाएकी एक वालिका

वालमैत्री घोषणा गर्न वालअधिकारमा आधारित वालमैत्री स्थानीय शासनकालागि ३९ वटा सूचक तोकिएको छ । ८० प्रतिशतसम्म यी सूचकमा सफलता प्राप्त गरेपछि वालमैत्री गाँउ, नगर घोषणा गर्न सकिन्छ । त्यसैले विराटनगरले सवै सूचक सतप्रतिशत पूरा भएको नभइ ८० प्रतिशत पुर्‍याएको हो । केहीमा सतप्रतिशत पनि पुगेको बताइएको छ ।

८० प्रतिशतबाट घट्न नदिन वरु वढाउन निरन्तर अनुगमन गर्ने विभिन्न संयन्त्रहरू वनाइएको विराटनगर उपमहानगरपालिका वालवालिका सम्वन्धि सम्पर्क व्यक्ति डिल्ली धिमालले वताउनुभयो । सचेतना र प्रचारका कार्यक्रमलाई निरन्तर जारी राखिने उहाँले वताउनुभयो ।

उहाँका अनुसार वालमैत्री नगरघोषणा भएपछि वालमैत्री शासनकालागि जिम्मेवार वन्न सवैमा अझ वढी दवाव परेको छ । वालमैत्री घोषणाकालागि वालवचाउ सम्वन्धि १० वटा सूचक, वालसंरक्षण सम्वन्धि ५, वालविकास सम्वन्धि ६, वाल सहभागिता सम्वन्धि ६ र संस्थागत विकास सम्वन्धि १२ सूचक छन् ।

वालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा उल्लेखित ती सूचक निम्न वमोजिम छन ।

सेवा प्रवाहसम्बन्धी सूचकहरू :
बाल बचाउ
(१) छ महिनासम्मको शिशुलाई आमाले अनिवार्यरुपमा पूर्ण स्तनपान गराएका (आमाको दूध मात्रै खुवाउने) हुनेछन् ।
(२) एक वर्षभित्रका प्रत्येक बालबालिकाले पूर्ण रुपमा खोप (डिपिटी, हेपटाइटिस बि, हिब ३) पाएका हुनेछन् ।
(३) एकदेखि पाँचवर्षसम्मका बालबालिकाले वर्षको २ पटक भिटामिन ए क्याप्सुल खाएका हुनेछन् ।
(४) गर्भवती आमाले दक्ष स्वास्थ्यकर्मीबाट सुत्केरी गराएका हुनेछन् ।
(५) गर्भवती महिलाले कम्तिमा प्रसूति पूर्व चारपटक र प्रसूति पश्चात आमा र नवजात शिशुको कम्तिमा तीन पटक स्वास्थ्य जाँच गराएका हुनेछन् ।
(६) गर्भवती महिलाले टिटानस विरुद्धको दुई वटा खोप लगाएका हुनेछन् ।
(७) गर्भवती तथा सुत्केरी आमाले आईरन चक्की (जम्मा २२५ वटा) खाएका हुनेछन्।
(८) एच्आई भी संक्रमित आमाबाट जन्मिएका सबै बालबालिकाहरुले ब्च्ख् एचयउजथबिहष्क पाएका हुनेछन् ।
(९) सबै घरधुरीमा पिउनयोग्य खानेपानीको सुविधा उपलव्ध भएको हुनेछ ।
(१०) चर्पी गएपछि, खाना खानु अगाडी र बालबालिकाको दिसा धोएपछि सावुन पानीले हात धुने परिपाटीको विकास भएको हुनेछ ।

बाल संरक्षण
(१) पाँच वर्ष मुनिका सबै बालबालिकाको जन्म दर्ता भएको हुनेछ ।
(२) बाल विवाहको संख्यामा कमी आएको हुनेछ ।
(३) निकृष्ट प्रकारको बालश्रम दर घटेको हुनेछ ।
(४)घरपरिवार र समुदायबाट बालबालिकाविरुद्ध हुने हिंसा, वेचविखन, शोषण, दुव्र्यवहार जस्ता घरेलु हिंसा कम गर्ने कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याईएको हुनेछ ।
(५) बाल संरक्षण सम्बन्धी समुदायमा आधारित बाल संरक्षण प्रणालीलाई संचालनमा ल्याईएको हुनेछ ।

बाल विकास
(१) चार वर्षसम्मका बालबालिका प्रारम्भिक बालविकास कक्षामा भर्ना भएका हुनेछन् ।
(२) कक्षा एकको लागि विद्यालय जाने उमेर समूहका शत्प्रतिशत बालबालिका विद्यालय भर्ना भएका हुनेछन् ।
(३) पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाले आधारभूत शिक्षा (१ देखि कक्षा ८ सम्म) पाएका हुनेछन् ।
(४) औपचारिक शिक्षाबाट वंचित बालबालिकाको लागि अनौपचारिक शिक्षा प्राप्त गर्ने व्यवस्था भएको हुनेछ ।
(५) प्रत्येक विद्यालयमा छात्रछात्रा को लागि अलग अलग शौचालयको व्यवस्था भएको हुनेछ ।
(६) प्रत्येक विद्यालयमा अतिरिक्त कृयाकलाप सम्बन्धी कार्यक्रम संचालन भएको हुनेछ,

बाल सहभागिता
(१) स्थानीय निकायको निर्णय प्रक्रियामा १२ देखि १८ वर्षसम्मका बालबालिकाको संस्थागत सहभागिताको संयन्त्र विकास गरी सहभागी गराईएको हुनेछ ।
(२) स्थानीय निकायले संचालन गर्ने योजनामा बालबालिकाको योजना तथा कार्यक्रम समेटिएको हुनेछ ।
(३) विद्यालय व्यवस्थापन समितिमा संस्थागत तवरवाट बालवालिकाको आवाज सुनिने व्यवस्था सुनिश्चित भएको हुनेछ ।
(४) स्वास्थ्य व्यवस्थापन समितिमा बाल क्लवको प्रतिनिधित्व हुनेछ ।
(५) गाँउ विकास समितिको हकमा हरेक गाँउ विकास समितिमा बालक्लवको सञ्जाल र नगरपालिकाको हकमा नगरपालिकाको प्रत्येक वडामा बाल समूह गठन भै क्रियाशील रहेको हुनेछ ।
(६) जिल्ला र नगर तहमा बाल संजाल गठन भएको हुनेछ ।

संस्थागत विकास सम्बन्धी सूचकहरू
(१) स्थानीय निकायको परिषद् नियमित रुपमा संचालन भएको हुनेछ, (२) स्थानीय निकायहरुले आफ्नो लागि बालमैत्री व्यवहार, आचार संहिता, विनियम, निर्देशिका तथा कार्यविधिहरू तर्जुमा गरी पूर्ण रुपमा कार्यान्वयनमा ल्याएका हुनेछन् ।
(३) स्थानीय निकायमा बालमैत्री स्थानीय शासन प्रवद्र्धन समिति गठन भएको हुनेछ ।
(४) स्थानीय विद्यालयमा विद्यालय व्यवस्थापन समिति क्रियाशील रहनेछन् ।
(५) स्थानीय स्वास्थ्य संस्थामा स्वास्थ्य व्यवस्थापन समिति क्रियाशील रहनेछन् ।
(६) स्थानीयस्तरमा बाल विकास केन्द्र, बाल कक्षा तथा पूर्व प्राथमिक कक्षाहरु संचालन भएका हुनेछन् । (७) स्थानीयस्तरमा बाल क्लवहरूको सक्रियता रहनेछ ।
(८) स्थानीयस्तरमा प्यारालिगल समिति जस्ता महिला समूहहरूको सक्रियता रहनेछ र यस्ता समितिहरू बाल अधिकार संरक्षण र सम्वद्र्धनमा क्रियाशील रहनेछन् ।
(९) स्थानीयस्तरमा बाल सञ्जाल विकास भएको हुनेछ र जिल्लास्तरसम्म उनीहरूको प्रतिनिधित्व रहनेछ ।
(१० बालबालिकाका लागि स्थानीय विकास योजना र लगानी योजना तर्जुमा भै कार्यान्वयन भएको हुनेछ ।
(११) जिल्ला, नगर तथा गाँउ विकास योजनामा बालबालिकाकासँग सम्बन्धित योजना तथा कार्यक्रम समेटी एकीकृत नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन भएको हुनेछ ।
(१२) बालबालिका सम्बन्धी स्थितीपत्र तयारी तथा प्रकाशन र अद्यावधिक भएको हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: