महिलालाई मोटर ड्राइभिङ्ग तालिम


प्रकाशित मिति :2016-06-01 16:47:18

महिला खबर

Picकाठमाडौं । महिलाको आर्थिक सशक्तिकरण गरि पुरुषसरह समाजमा स्थापित गर्ने उद्देश्यले काठमाडौंको कपनमा महिलालाई ड्राइभिङ्ग तालिम दिन सुरु गरिएको छ । ओजस्वी नेपाल नामक संस्थाको पहलमा महिलाका लागि ४५ दिने मोटर ड्राइभिङ्ग तालिम सुरु गरिएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा वोल्दै काठमाडौं क्षेत्र नम्बर ३ का सांसद रामेश्वर फुँयालले महिला पनि पुरुषसरह जुनसुकै गाडी चलाउन सक्ने बताउनुभयो । उहाँले महिलालाई सक्षम र आत्मनिर्भर बनाउन सचेतना कार्यक्रम सँगसँगै आयआर्जनको बाटो देखाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । तालिमको प्रत्येक व्याचका उत्कृष्ट दुईजना महिला ड्राइभरलाई रोजगारको व्यवस्था आफैँले गरिदिने बचन पनि उहाँले दिनुभयो ।

अघिल्लो वर्ष फुयाँलकै सांसद बजेटबाट आधारभुत मोटर ड्राइभिङ्ग सिकेका महिलाले यसअघि एड्भान्स तालिम लिइसकेका छन् । ड्राइभिङ्ग तालिम लिने यो समूह तेस्रो भएको उक्त संस्थाले जनाएको छ । ड्राइभिङ्ग तालिममा १५ जना महिला सहभागी छन् । महिलाले ट्याक्सी र गाडी चलाएरै कार्यक्रमको उद्घाटन गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: