महिला खबर
काठमाडौं । सरकारले उपत्यकाका ३ वटा जिल्लामा भूकम्पबाट क्षति भएका संरचना पुननिर्माणका लागि महिला इन्जिनीयर खटाउने भएको छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा एकसय १८ जना महिला इन्जिनीयर खटाउन लागिएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।
विभागका अनुसार उनीहरूले निजी आवास तथा संरचनाको पुनःनिर्माणमा प्राविधिक सल्लाह दिनेछन्। उपत्यकाको निजी आवासको पुनःनिर्माणलाई नमुना बनाउन उपत्यकाका तीन जिल्लामा महिला प्राविधिक मात्र परिचालन गरिएको विभागले जनाएको छ।
।
Comment Here!