सृजना अर्याल
चितवन । नेपाल महिला संघ चितवनको क्षेत्रीय अधिवेशन पाँचवटै क्षेत्रमा सकिएको छ । नेपाल महिला संघ चितवनको बुधवार विहानैदेखि शुरु भएको निवार्चन प्रकृयामा महाधिवेशन प्रतिनिधि र क्षेत्रीय अध्यक्षहरूमा २ नम्बर क्षेत्रमा बाहेक अरु सवैमा निवार्चन गरिएको थियो । तर, क्षेत्रीय समिति भने सर्वसम्मत चयन गरिएको छ ।
क्षेत्रीय अधिवेशन अन्तरगत क्षेत्र नम्बर १ को नेपाल महिला संघ क्षेत्रीय अध्यक्षमा राम माया कंडेल निवार्चित हुनुभएको छ । यसैगरि क्षेत्र नम्बर २ को अध्यक्षमा सर्मिला लामिछाने निर्विरोध चयन हुनभयो भने क्षेत्र नम्बर ३ मा पवित्रा के.सी निवार्चित हुनुभएको छ । क्षेत्र नम्बर ४ मा भगवति गौतम पाँचमा सावित्री ढकाल बिजयी हुनुभएको छ । क्षेत्र नम्बर पाँचमा महाधिवेशन प्रतिनिवधीको पनि निवार्चन भएको थियो भने क्षेत्रीय समितिका अन्य पद सर्वसम्मत चयन गरिएको थियो ।
पाँचजना खुुल्ला, एकजना जनजाति, एक जना दलित र एक अल्पसंख्यक गरि ८ जना महाधिवेशन प्रतिनिधि प्रत्येक क्षेत्रबाट चयन गरिएको हो ।
नेपाल महिला संघ चितवनको जिल्ला अधिवेशन भने जेठ २२ गते शनिवार हुने भएको छ । लामो समयदेखि हुन नसकेको नेपाल महिला संघको केन्द्रिय अधिवेशन आउँदो भदौमा हुन लागेको छ ।
Comment Here!